Saturday, April 17, 2021
Home > समाज > शिवरात्रीमा डोरी टागेर पैसा उठाइरहेका बालकलाई बसले ठ`क्कर दिँदा मृ´त्यु

शिवरात्रीमा डोरी टागेर पैसा उठाइरहेका बालकलाई बसले ठ`क्कर दिँदा मृ´त्यु

फाल्गुण ०९, दोलखा । जिल्लाको कालिञ्चोक गाउँपालिका यात्रुबहाक बसको ठ´क्करबाट एक बालकको मृ´त्यु भएको छ । दोलखाको सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आइरहेको अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसको ठ`क्करबाट स्थानीय बालक पुजन थामीको मृ`त्यु भएको हो । हिन्दु धर्मावलम्बीहरूकाे महान पर्व महाशिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै आइरहेका थामीलाई बसले ठ`क्कर दिएको थियो ।

थामीलाई बसको पछाडितर्फको चक्का ले कि च्दा घटनास्थ लमै मृ`त्यु भएको प्रहरीले जनाएको छ । ठक्क र दिने बस र चालकलाई प्रहरीले नि`यन्न्त्रणमा लिएको छ । बालक कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ का स्थायी बासिन्दा हुन् ।

कार्की परिवार र चौधरी परिवारबीच थियो यस्तो सम्झौता !

पूर्वसचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको ह””त्या गरेर देहत्याग गरेको भनिएका विजय चौधरी दाङ लमहीका हुन् । पूर्वसचिव कार्की दाङको लमहीस्थित प्रगन्ना सिँचाइ आयोजनाको कार्यालय प्रमुख भएकाले विजय काठमाडौं आउने संयोग जुरेको हो । कार्कीले पहिले लममहीका आसिवन चौधरीलाई घरेलु कामदार बनाएर काठमाडौं ल्याएका थिए । केहि वर्षअघि कार्की नेपाल विद्युत् प्राधिकरणको प्रमुख बनेको वेला आसिवनलाई प्राधिकरणको लमहीस्थित शाखामा जागिर लगाइदिए  । आसिवनले पनि गुन तिर्न विजय चौधरीलाई कार्कीको घरमा घरेलु कामदार बनाइदिएका हुन् ।

‘मैले पनि पहिले कार्की सरको घरमा काम गरेको थिएँ । मैले जागिर गर्ने भएपछि कार्कीसरको घरमा मान्छे चाहियो । मैले नै विजयको घरपरिवारसँग सल्लाह गरेर काममा लगाइदिएको हो ।’ आफन्तहरूका अनुुसार ६ कक्षासम्म पढेर छाडेका विजय कामदारको रूपमा कार्कीनिवासमा प्रवेश गर्दा विजय १४,१५ वर्षका थिए ।

विजयलाई कार्कीको घरमा सरसफाइलगायत काम लगाइएको थियो । तर, कति पैसा पाउने भन्ने निर्धारण गरिएको थिएन । ‘छोराको पढाइ थिएन, कार्की सरले राम्रो जागिर लगाइदिने भनेपछि कार्कीको केही समय घरमा काम गर्न पठाएको हुँ’ विजयका बाबु जानकी चौधरीले भने, ‘छोराले घरमा काम गरे वापत केही पैसा पाइएला भन्ने आशा त थियो, तर ६ वर्षसम्म छोराले एक पैसा पनि पठाएन । तलबबारे कुनै सल्लाह नै नभएकोले हामीले माग्न पनि सकेनौं ।’ जागिर अथवा पैसा केही नपाएपनि छोराले आफुहरूसँग कुनै गुनासो नगरेको पनि उनले बताए ।

काम मिलाइदिएका आसिवनले पनि विजयको पारीश्रमिक निर्धारण नगरिएको बताए । ‘ तलब पक्का गरिएको थिएन । तर, ६ वर्षसम्म कार्की परिवारसँग विजय र उनको परिवारको कुनै म’नमु”टाव भएको पनि सुनिएन,’ आसिवनले भने, ‘किन यस्तो घटना भयो अचम्म परेको छु ।’

चौधरी परिवारका अनुसार विजय अघिल्लो वर्ष तिहारयता घर आएका थिएनन् । तर, बाबुआमासँग फोनमा कुराकानी भइरहन्थ्यो । साता दिनअघि मात्रै उनले बुबा जानकीलाई फोन गरेर कार्की परिवारका लागि तोरीको तेल र मसुरोको दाल पठाइदिन भनेका थिए । ‘उसले काम गर्ने घरको लागि तोरीको पाँच लिटर तेल र पाँच किलो मसुरोको दाल पठाइदिन भनेको थियो,’ जानकीले भने, ‘छोरासँगको अन्तिम कुराकानी नै त्यही थियो ।’ कार्की सरले ड्राइभिङ लाइसेन्स निकालिदिन लागेको खबर पनि त्यतिवेला छोराले सुनाएको जानकीले बताए ।

Leave a Reply