Thursday, October 1, 2020
Home > खेलकुद > हरिनासकाे गैह्राखोलामा प्रजातन्त्र दिवसकै अवसरमा भलिवल प्रतियोगिता शुरू…

हरिनासकाे गैह्राखोलामा प्रजातन्त्र दिवसकै अवसरमा भलिवल प्रतियोगिता शुरू…

विगतका बर्षहरूमा जस्तै यस बर्ष पनि प्रजातन्त्र दिवसको अवसर पारेर फाल्गुण ७ गते गर्ने भनिएको खेल ८ गतेबाट मात्रै शुरू भएको छ । फाल्गुण ७ गते दुबै मृगौला पीडित राधाकुमारी मानन्धरको मृ’त्युको कारण खेल शुरूवात हुन नसकेकाले ८ गते मृ’त आत्मकाे शान्तिका लागि श्रद्धाञ्जली दिदै नेत्रनारायण मानन्धरको सभापतिमा शुरू भएको उद्घाटन समारोहमा हरिनास गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्री नरबहादुर थापाको प्रमुख आतिथ्यबाट रिबन काटेर उद्घाटन गरिएकाे थियो ।

उक्त उद्घाटन समारोहमा विशेष अतिथिमा चापाकोट ४ स्थित बालकल्याण माविका शिक्षक मोहन थापा, अतिथिहरूमा हरिनास गाउँपालिकाका कार्यपालिका सदस्य महेन्द्र गोतामे, दुमनारायण मानन्धर लगायत अन्य दर्शकहरूको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा बडा नम्बर ६ का वडाध्यक्ष श्री नरबहादुर थापाले भलिवल खेल भनेको हाम्रो राष्ट्रिय खेल हो र यो खेल नेपालमा धेरै पुरानो नभएपनि भौगोलिक दृष्टिले समथर नभएका कारण तराइमा भन्दा पहाडमा बढि खेलिन्छ । त्यसैले सम्पूर्ण खेलाडीहरू उत्तेजित नभई शान्त वातावरणमा खेल्न आग्रह गर्नुभयो । उक्त कार्यक्रममा समापति नेत्र नारायण मानन्धरले आयोजक साथीहरूले भव्य र सब्य रूपमा यस कार्यक्रमलाइ सफल पार्न अनुरोध गर्नुभएको थियो ।

आजको उद्घाटन समारोहमा आयोजक (ए) र सरोवर युवा क्लव दार्सिङ बिच पहिलो उद्घाटन खेल भएको थियो । सरोवर युवा क्लवले २ सेट र आयोजक (ए) ले १ सेट जीत हात पारेका थिए । प्रमुख एम्पायरमा पुरण गोतामे र सहायक एम्पायरमा देवन रानाले भूमिका निभाउनु भएको थियो । यस्तै नम्बर रेकर्डिङमा नारायण मानन्धर र नम्बर एनाउन्सरमा सञ्जु मानन्धर रहेका थिए ।

आजको उद्घाटन कार्यक्रम जनजागण समूहकि अध्यक्ष बसन् मानन्धरले गर्नु भएको थियो । भलिबल खेल फाल्गुण ११ गतेसम्म जारिरहनेछ भने समापन कार्यक्रममा हरिनास गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरबाट गरिने कार्यक्रम रहेको छ ।
केहि तस्विरहरू हेर्नुहाेसः

Leave a Reply

error: Please Dont Copy My Content!! !!