Tuesday, April 20, 2021
Home > भिडियो > प्रधानमन्त्रीले भने : मराे पद धरापमा परे परोस्, भ्रष्टाचार गर्नेको अनुहार हेर्दिनँ, बदमासी गर्ने कसैलाई छाड्दिनँ भिडियो हेर्नुहोस

प्रधानमन्त्रीले भने : मराे पद धरापमा परे परोस्, भ्रष्टाचार गर्नेको अनुहार हेर्दिनँ, बदमासी गर्ने कसैलाई छाड्दिनँ भिडियो हेर्नुहोस

फागुन ८, २०७६ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताएका छन्। प्रधानमन्त्री ओलीले स्वच्छता र पारदर्शीताबारे अलिकति मात्रै पनि प्रश्‍न उठेमा कसैको अनुहार पनि नहेर्ने बताएका छन्। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सापकोटाले लेखेको पुस्तक ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासनका लागि चाल्ने कदममा

आफु नहिचकिचाउने बताए। जनप्रतिनिधिलाई रुलिङ पोजिसनमा पुर्‍याउनुको अर्थ लुटका लागि नभएको उनले उल्लेख गरे। ‘हामी यस्तो प्रणाली भित्र छौँ की कहाँ कसरी शासक शासनमा गयो’, उनले भने, ‘जनप्रतिनिधिलाई पुर्‍यायो भने रुलिङ पोजिसनमा पुर्‍याउनुको अर्थ लुटिङ फ्यासलिटी लिएको होइन।’ ओलीले अहिले विकासका लागि उपयुक्त वातावरण भएकाले लुटको सुविधा नहुने बताए। प्रधानमन्त्री ओलीले यही

चालले अघि बढ्यो भने प्रधानमन्त्री पद धरापमा पर्ला भनेर धेरैले भन्‍ने गरेको उल्लेख गरे। ‘मलाई त्यसको चिन्ता छैन। प्रधानमन्त्री पद धरापमा पर्छ पर्दैन भन्‍ने होइन, एउटा सिस्टम बसाउने हो’, उनले भने, ‘हजार वर्ष कसैले पनि रुल गर्दैन। जतिसुकै सफल भए पनि प्रकृतिले धेरै लामो समय रुल गर्न दिँदैन, मान्दैन।’

प्रधानमन्त्री ओलीले लामो समय शासन गर्न खोज्दा परिणाम राम्रो नहुने बताए। उता प्रधानमन्त्रीले प्रशंसा गरेको दुई दिनमै भ्रष्टाचार प्रकरणमा मुछिएर सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन्।

भिडियो

Leave a Reply