Friday, April 16, 2021
Home > भिडियो > गोँगबुमा प्रहरीकाे स्वीप अपरेशन, अनैतिक गतिविधिमा संलग्न युवा–युवती (भिडियो हेर्नुस्)

गोँगबुमा प्रहरीकाे स्वीप अपरेशन, अनैतिक गतिविधिमा संलग्न युवा–युवती (भिडियो हेर्नुस्)

फाल्गुण ०८, काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगन्ज प्रहरीले गोंगबु–नयाँ बसपार्क क्षेत्रमा अवैध क्रियाकलाप गर्नेहरुमाथि कारबाही थालेको छ । सोही अभियानअन्तर्गत् प्रहरीले मंगलबार दिउँसो गोंगबु क्षेत्रमा ‘स्वीप अपरेसन’ चलाएको छ । अपरेसनको क्रममा अनैतिक गतिविधिमा संलग्न रहेको आशंकामा केही युवा तथा युवतीहरुलाई नियन्त्रणमा लिइएको छ । शुद्धीकरण अभियानअन्तर्गत् चलाइएको स्वीप अपरेसनका क्रममा यसरी पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले गोंगबु–नयाँ बसपार्क क्षेत्रमा चलाइएको शुद्धीकरण अभियानले त्यस क्षेत्रमा हुने आपराधिक गतिविधिमा कमी ल्याएको दाबी गरे । शुद्धीकरण अभियानअन्तर्गत् चलाइएको स्वीप अपरेसनका क्रममा हालसम्म १२ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । छानबिनपछि अवैध क्रियाकलापमा संंलग्न देखिएका ४८० सयभन्दा बढीमाथि मुद्दा चलाइएको महाराजगन्ज प्रहरी वृत्तले जनाएको छ ।

भिडियोः

Leave a Reply