Friday, April 16, 2021
Home > Uncategorized > महाशिवरात्रीमा पशुपति दर्शन गर्न जादै हुनुहुन्छ? यस्तो ट्रा,फिक व्यवस्थापन!

महाशिवरात्रीमा पशुपति दर्शन गर्न जादै हुनुहुन्छ? यस्तो ट्रा,फिक व्यवस्थापन!

फाल्गुण ०८, काठमाडौं । आउँदै गरेकाे महाशिवरात्री महान नेपाली हिन्दुहरूकाे पर्वमा भीड हुने भएकाले काठमाडौँ (महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्व केन्द्रित कार्ययोजना सहितको ट्राफिक व्यवस्थापन मिलाएको जनाएको छ । महाशाखाले पशुपतिनाथ मन्दिरमा आउने भक्तजन एव दर्शनार्थीहरको सवारी आवागमनलाई सरल, सहज तथा व्यबस्थित बनाउनका लागी योजना,बद्ध ट्राफिक व्यवस्थापन गरेको दावी गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार, “एयरपोर्ट हुदै पशुपति मन्दिर आउने विदेशी पर्यटक, २ पाङ्ग्रे र साना सवारी साधनको लागी तिलगंगा र वाइसिएल मार्ग, नक्साल कालोपुल हुदै आउनेलाई सिफल चौर र अमलकोट, पशुपति बिकास कोष र संस्थानका सवारी साधनकालाई देवउद्यानस्थित कोषको कार्यालय, पासबाहक, सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई महानगरीय प्रहरी वृत्त, गौशाला र बाग्मती कोरिडोर, जोरपाटीबाट चावहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङको व्यवस्था मिलाईएको छ ।“

महाशाखा प्रमुखले शिवरात्री पर्वको अबधीभरि भक्तजनहरुलाई सरल एव सहज रुपमा आवागमनको व्यबस्था मिलाउनको लागी ५०० भन्दा बढि ट्राफिक प्रहरी परिचालन गरिएको र आबश्यकता अनुसार डाईभर्सन, पशुपति क्षेत्र भित्र सवारी निषेधि समेत गरिने जानकारी दिए ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले “दर्शानार्थीको अत्याधिक चाप हुन गई गौशाला चोक हुदै चल्ने यातायात सेवा प्रभावित हुने देखिएमा यात्रुको सुबिधालाई मध्येनजर गर्दै गौशाला क्षेत्र भइ चल्ने सवारी साधनलाई केहि समयको लागी बैकल्पिक सडकको प्रयोग गर्न डाइभर्सन गरि आवागमनको व्यबस्था मिलाइनेछ । त्यसैगरि ति,ल,गं,गा, गौशाला, मित्रपार्क र चाबहिल भई चल्ने मालबाहक सवारी

साधनहरुलाई भने तिनकुने, सिनामंगल, जोरपाटी नारायणटार, चुच्चेपाटी, सुकेधारा, नयाँबानेश्वर लगायतका स्थानहरुबाट गौशाला क्षेत्र प्रबेशमा रोक लगाई बैकल्पिक सडक प्रयोगको व्यबस्था मिलाइने बताए ।उनले एयरपोर्ट जाने, पर्यटक तथा गौशाला क्षेत्र भई चल्ने सवारी साधनहरुको आवागमनमा केहि प्रभाबित हुन सक्ने हुनाले गन्तब्यका लागि समयमै निस्कने, बैकल्पीक सडकको प्रयोग गर्ने समेत जानकारी दिए ।

Leave a Reply