Saturday, April 17, 2021
Home > समाचार > समाजकाे रिवाजलाई चिर्दै यसरी पाँच छोरीले बोके बुवाको शःव, श्रीमतिले दिइन् दागबत्ती

समाजकाे रिवाजलाई चिर्दै यसरी पाँच छोरीले बोके बुवाको शःव, श्रीमतिले दिइन् दागबत्ती

फाल्गुण ०७, जनकपुरधाम । हिन्दू समाजमा कसैको मृ’त्यु भए सबै कर्ममा पुरुषकै सहभागिता हुनुपर्ने मान्यता छ । दा’हसं’स्कारदेखि हुने हरेक क्रियाकर्ममा महिलाको सहभागितालाई बर्जित गरिएको छ । झन् तराई/मधेसमा त यस्ता काममा महिलालाई झनै कडाइ गरिएको छ । त्यहाँ अहिलेसम्म महिलालाई घुम्टोभित्रै राख्ने चलन पूर्णरुपमा हटिसकेको छैन । निधन भएका व्यक्तिको श’व दाहसंस्कारका लागि घाटसम्म लग्नुपर्दा पुरुषले नै बोक्नुपर्ने थियो ।

तर यतबेला महिलाहरु उक्त स्थानसम्म जान नपाउने संस्कार रही आएकोमा धनुषाका महिलाहरुले यस्तो संस्कृतिलाई चुनौती दिएका छन् । निधन भएका आफन्तको श’वलाई आफ्नो काँधमा बोक्दै दाहसंस्कारका लागि खोला छेउसम्म महिलाहरुले नै लगेका छन् । मंगलबार धनुषाको सबैला नगरपालिका वडा नम्बर २ निवासी रामनारायण यादवको निधन भयो । नेपाली कांग्रेसका कृयाशील सदस्यसमेत रहेका यादवको निधन भएपछि उनको पार्थिव शरीरलाई पुरुषले काँधमा बोकेनन् । महिलाले नै बोके ।

मृ’त्युको यो घटना आफैंमा दुःख त हो नै, तर, महिला सशक्तिकरणको एउटा दरिलो उदाहरण पनि बन्न पुग्यो । पाँच छोरीका पिता रामनारयणको निधनपछि गाउँमा छलफल भयो । दाहसंस्कार र क्रियाकर्म कसले गर्ने ? रामनारायणका छोरा थिएन् । केही व्यक्तिले नातागोताका छोराबाट दा’हसं’स्कार गराउनुपर्नेमा जोड दिए । तर छोरीहरुले मानेनन् । उनीहरुले आफैं हरेक कर्ममा सहभागी हुने बताए । र, पाँच छोरीले आफैं काँधमा बोकेर बुबाको श’व उठाए । घा’टमा आमा अर्थात मृ’तककी श्रीमतीले दागबत्ती दिइन् ।

रामनारायणका पाँच छोरी छन् । सबैको विवाह भइसकेको छ । जेठी छोरी ४० बर्षीया नेपुर यादव, माइली छोरी ३७ बर्षीया राजदेवी यादव, साँहिली ३५ बर्षीया प्रमिला यादव, काइँली ३२ बर्षीया अनिता यादव र कान्छी ३० बर्षीया गोरकी यादवले पिताको शव आफैं बोके । घरदेखि पाँच किलोमिटरको दूरीमा रहेको कमला खोला छेउसम्म उनीहरुले नै पिताको पार्थिव शरीर बोकेर पुर्‍याए । त्यहाँ पुगेपछि मृतक रामनारायणकी ६२ बर्षीया पत्नी राधिकादेवीले दागबत्ति दिइन् ।

रामनारायणलाई श्रद्वाञ्जली दिन गएका कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आनन्दप्रसाद ढुंगानाले पहाडतिरका महिलाहरु क्रियाकर्ममा बसेको देखिए पनि पार्थिव शरीरलाई काँधमै बोकेर पाँच किलोमिटरसम्म पुर्‍याएको पहिलोपटक आफूले देखेको बताए । ढुंगानाले भने, ‘यो मधेसका महिलाको सशक्तीकरणको उदाहरण हो ।’तस्वीर: जगतसुन्दर साहको फेसबुकबाट ।

Leave a Reply