पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको ह’त्या अनुसन्धानका क्रममा प्रहरीले तीनजनासँग बयान लिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले कार्कीनिवासकी महिला कामदार, ड्राइभर र प्लम्बरसँग बयान लिएको हो । ड्राइभर र प्लम्बरले हत्यामा संलग्न विजय चौधरीको आनिबानीबारे खासै जानकार नरहेको बयान दिएका छन् । पार्टटाइम काम गर्ने महिला कामदारले भने विजय रिसाहा स्वभावको रहेको बयान दिएकी छिन् ।
परिसरका एसपी दुर्गा सिंहले घ’टनाको अनुसन्धानका क्रममा तीनजनासँग बयान लिएको बताइन् । ‘कार्कीनिवासमा काम गर्ने महिला कामदार, ड्राइभर र प्लम्बरसँग बयान भएको छ,’ सिंहले नयाँ पत्रिकासँग भनिन्, ‘महिला कामदारले विजय रिसाहा स्वभावको रहेको बताएकी छिन् । आफूलाई मृ’तक कार्कीले पनि विजय रि’साहा स्वभावको भएकाले विवाद नगर्न भन्ने गरेको बयान उनको छ ।’
उनीहरूले ह’त्या भएकी कार्की भने असल भएको बयान दिएका छन् । ‘उनीहरू सबैले कार्कीको आनिबानी राम्रो भएको बयान दिएका छन्,’ एसपी सिंहले भनिन्, ‘कामदारलाई माया गर्ने स्वभाव थियो भनेका छन् ।’ तीनजनाको बयान सकिए पनि अन्य व्यक्तिसँग बयान लिने क्रम जारी रहेको उनले बताइन्। दुवैको मोबाइल फरेन्सिक ल्याबमा घ’टनाको कारण पहिल्याउन प्रहरीले ह’त्या भएकी कार्की र ह’त्यापछि आ’त्मह’त्या गरेका चौधरी दुवैको मोबाइल फरेन्सिक ल्याबमा पठाएको छ ।
कार्की परिवारको फोन डिटेल्सको पनि सूक्ष्म विश्लेषण गरिरहेको छ । ‘घ’टना संवेदनशील भएकाले विविध कोणबाट अध्ययन हुनु जरुरी छ । त्यसैले, घ’टनाअघि र घ’टनापछि घ’टनास्थल क्षेत्रमा एक्टिभ भएका फोन र एप्सहरूको अध्ययन भइरहेको छ । कल डिटेल्सको पनि अध्ययन भइरहेको छ,’ परिसर प्रमुख एसएसपी टेकप्रसाद राईले भने, ‘डि’लेट गरिएका कल, म्यासेज, भ्वाइस रेकर्डलगायत फरेन्सिक ल्याबमा रिकभर हुन्छ । अहिले नै निष्कर्ष निकाल्न सक्ने अवस्था छैन ।’
दुवै परिवारले श’व बुझे, घ’टनाको निष्पक्ष छानबिन गर्न जाहेरी दुवै मृ’तकको श’व परिवारले बुझेका छन् । बुधबार कार्की र चौधरी परिवारले श’व बुझेको प्रहरीले जनाएको छ । त्यस्तै, कार्कीका श्रीमान् अर्जुन र चौधरीका बुबा जानकीले घ’टनाको निष्पक्ष छानबिन गर्न प्रहरीमा छुट्टाछुट्टै जा’हेरी दिएका छन् । ‘सद्गतका लागि दुवै परिवारले श’व बुझेका छन्, घ’टना अनुसन्धानका लागि दुवै पक्षबाट जा’हेरी पनि परेको छ,’ परिसर प्रमुख एसएसपी राईले भने ।
सोमबार सानेपास्थित कार्कीनिवासमै कार्की र चौधरी मृ’त भेटिएका थिए । निवासमा भएका सिसिक्यामेरा फुटेज हेरेपछि प्रहरीले कार्कीको ह’त्या घरेलु मजदुर चौधरीले नै गरेको पुष्टि गरेको छ । ह’त्यापछि चौधरीले आ’त्मह’त्या गरेको प्रहरी निष्कर्ष छ । तर, ह’त्याको कारणबारे थप अनुसन्धान गरिरहेको छ । नयाँ पत्रिकामा खबर छ ।