Tuesday, April 20, 2021
Home > प्रवास > उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गएकि नेपाली चेली रमिलाकोे दुःखद निधन !

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गएकि नेपाली चेली रमिलाकोे दुःखद निधन !

फाल्गुण ०६, काठमान्डौ । नेपालीहरूकाे प्रमुख गन्तव्य बन्दै आइरहेकाे अष्ट्रेलियामा अध्ययनरत एक नेपाली चेलीकोे मृ’त्यु भएको छ ।अष्ट्रेलियाको सिड्नीमा रहेकी ललितपुर साना गाउँकी रमिला मर्हजनको मृ’त्यु भएको हो । उनी अध्ययनका लागि २ वर्ष अघि मात्रै अष्ट्रेलिया पुगेकी थिइन् ।श्रोतका अनुसार अष्ट्रेलिया पुगेपछि रमिलाई ब्रे’न ट्यु’मरको स’मस्या देखिएको थियो । त्यसको उपचार गराउने क्रममा उनको मृ’त्यु भएको बताइएको छ।

श्रीमान संजय महर्जनसँगै अष्ट्रेलियामा रहेकी रमिलाको दा’हसंस्कार अष्ट्रेलियामै सोमबार गरिएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका साना गाउँमा रहेको अनन्त इङ्गलिस स्कूलबाट एसएलसी गरेकी रमिला बिबिएस सकेर उच्च शिक्षाका लागि अष्ट्रेलिया गएकी थिइन् । उनको बिहे २ वर्ष अघिमात्र भएको थियो ।उनको मृ’त्युको खबरले म’र्माहत भएको भन्दै अनन्त अंगेजी विद्यालयका प्रिन्सीपल गोपाल प्रसाद घिमीरेले दुः’ख व्यक्त गरेका छन् ।

‘हाल अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका क्रममा रहेकी अनन्त इङ्गलिस स्कूलको २०६४ व्याचकी होनहार छात्रा रमिला महर्जनको अ’सामयिक नि’धनप्रति हा’र्दिक र श्र’द्धाञ्जली व्यक्त गर्दछु । रमिलाको नि’धनबाट पत्नी वि’योगको पी’डामा परेका सोही व्याचका यसै विद्यालयका छात्र सञ्जय महर्जन एवम् दुबै परिवारमा परेको बज्’रपातप्रति विद्यालय परिवार तथा व्यक्तिगत रूपमा म हा’र्दिक स’मवेदना व्यक्त गर्दछु ।’ प्रिन्सीपल घिमीरेले सामाजिक संजालमा लेखेका छन् ।

काठमाडौं ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली मनमोहन सेन्टरमा भर्ना हुनुभएको छ । उहाँ त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको हो ।गृहजिल्ला झापामा ५ भन्दा बढी योजना शिलान्यास र उद्घाटन गरेर फर्किनुभएको प्रधानमन्त्रीको मुटुमा समस्या देखिएकाे छ ।

उहाँ मंगलबार अस्पताल भर्ना हुनुभएको जनाइएको छ। अस्पतालका अनुसार समयमै एनजिओग्राफी गरिएकाले अहिले उहाँ खतरामुक्त हुनुहुन्छ । १३ वर्षअघि भारतको दिल्लीमा ट्रान्सप्लान्ट गरिएको मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओली गत कात्तिकदेखि नियमित डायलाइसिसमा हुनुहुन्छ ।

Leave a Reply