फाल्गुण – ०६, काठमाडौं – नेपाली काँग्रेसका नेतारसांसद गगनकुमार थापाले बालुवाटार जग्गा प्रकरणमा संसदमै व्यंग्य प्रहार गरेका छन् । उनले स्वस्थानीको शैलीमा बाचन गर्दै सरकार प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका महासचिव एवम् सांसद विष्णु पौडेल र सरकारका प्रवक्ता गोकुल बास्कोटालाई व्यंग्य गरेका हुन् । उनले संसदको सुन्य समयमा बोल्दै संसदमै व्यंग्य गर्दै सरकारलाइ चोरीको समान नकिन्न सुझाव दिएका छन् ।
उनले भनेका छन् कुमारजी आज्ञा गर्नुहुन्छ। अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुनेगरी किन्नु। थाहा पाइहाले होइन होइन भन्नु।चित्त बुझाउन नसकेर अप्ठेरोमा नै पर्न गए चोरीको सामान फर्काउनु र दुईपटक विष्णु विष्णु भन्नु। त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुल धाम गएर खड्ग उचाल्नु र चार पटक विष्णु विष्णु भन्नु। त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नु पर्नेले देख्ने छैनन्।
इति श्री अख्तियार पुराणे, कुमार विष्णु सम्वादे श्री स्वस्थानी व्रतकथा बालुवाटार प्रकरण वर्णनम्, प्रथम अध्याय। भन्दै यस्तो कडा व्यग्य प्रहार गरेका छन् । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको हाल्ने काण्डमा नेकपा महासचिव विष्णु पौडेलसमेत मुछिएका थिए ।
तर अख्तियार उनका छोराको नाउँमा किनिएको सो सरकारी जग्गा फिर्ता गर्न मन्जुर भएपछि थापाले व्यंग्य प्रहार गरेका हुन् । अख्तियारले बालुवाटार जग्गा प्रकरणमा मुछिएका भूमाफिया र पूर्वमन्त्रीसहित १७५ जना विरूद्ध भने मुद्दा चलाएको छ ।