Saturday, April 17, 2021
Home > प्रवास > दुबईमा एक नेपाली चेली यामकुमारीले गुमाइन स्मरणशक्ति, आफन्त वा साथीको खोजी हुँदै

दुबईमा एक नेपाली चेली यामकुमारीले गुमाइन स्मरणशक्ति, आफन्त वा साथीको खोजी हुँदै

यूएई। दुबईमा स्मरणशक्ति गुमाएर सबैथोक बिर्सिएकी एक नेपाली महिलाका आफन्त वा साथी खोज्नका लागि देशव्यापी रुपमा अभियान संचालन गरिएको छ । यी महिला ४६ वर्षकी याम कुमारी थापा भएको खुलेको छ जो अरबी भाषा राम्रोसँग बोल्न सक्छिन् । अक्टोबर २०१९ देखि उनी दुबइको एक अस्पतालमा छिन् जहाँ उनको मस्तिस्कको अपरेशन पनि भएको छ तर उनले केही सम्झिन सकिरहेकी छैनन् । उनीसँग कुनै आफन्त वा साथी छैनन् ।

उनका रोजगारदाता को हुन् भन्ने पनि पत्ता लगाउन नसकिएको सामाजिक कार्यकर्ता लैला अबु बाकरलाई उद्धृत गर्दै गल्फ न्यूजले लेखेको छ । विगत ४ महिनादेखि लैलाले थापाका आफन्त, रोजगारदाता वा साथी भेट्टाउने प्रयास गरिरहेकी छिन् ताकि उनी नेपालमा कहाँकी हुन् भन्ने पत्ता लगाउन सकियोस् र उनलाई स्वदेश फर्काउन सकियोस् ।

गल्फ न्यूजसँग कुरा गर्दै अबु बाकरले बताए अनुसार थापालाई अक्टोबर महिनाको तेस्रो साता अचेत अवस्थामा एम्बुलेन्मा दुबइ अस्पताल ल्याइएको थियो । थापालाई अस्पतालले आज फेब्रुअरी १७ सोमबारका दिन डिस्चार्ज गर्दैछ । अबु बाकरले आज उनलाई आफूसँगै लैजाने भएकी छिन् । ‘मसँग कुनै विकल्प छैन’ अबु बाकरले गल्फ न्यूजसँग भनिन् ‘उनको जिम्मेवारी लिन कोही अगाडि आएका छैनन् ।’

अबु बाकरका अनुसार थापा राम्रोसँग अरबी बोल्छिन् यसबाहेक उनी नेपाली पनि बोल्छिन् । यसबाहेक उनलाई केही सम्झना छैन । उनलाई एउटा कुरा मात्र याद छ कि उनका एक छोरा छन् । ‘उनी आफ्नो एक छोरा भएको भनिरहन्छिन् । यो उनीसँग भएको एकमात्र सम्झना हो’ अबु बाकरले भनिन् ।

विदेशमा जानु नेपालीहरूका लागि दुःखकाे कुरा हो, तै पनि नेपालमा भएकाे बेरोजगारी समस्याले विदेश जानु पर्ने बाध्यात्मक परिस्थितिमा पनि नेपालीहरूकाे दुःखकाे पसिनाले घर परिवार सुदृढ अवस्य भएकै छ । यस्तो अवस्थामा पनि केहि नेपालीहरूमा परेकाे यस्तो दुःखद अवस्थाले मन चै साह्रै भावुक बनाउँछ ।

Leave a Reply