Saturday, April 17, 2021
Home > समाचार > ब’ला’त्का’र प्रयास मु’द्दामा महरालाई यसरी भयो निर्दोष फैसला

ब’ला’त्का’र प्रयास मु’द्दामा महरालाई यसरी भयो निर्दोष फैसला

काठमाडौं, ५फागुन । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई ब ला त्का र मु द्दामा सफाइ दिएको छ । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो । संसद सचिवायलयकी एक महिला कर्मचारी माथि यौ न दु ब्र्य व हार गरेको अभियोगमा प क्रा उ परी का रा गार मा रहेका महराको अन्तिम सुनुवाई भएको थियो । सुनुवाई सकिएपछि आज अदालतले उनलाई सो मु द्दामा सफाई दिएको छ ।

महिला कर्मचारीले त्यस्तो आ रोप लगाउँदै भिडियो सार्वजनिक गरेपछि छानविनका लागि महरालाई प क्राउ गरी अनुसन्धान सुरु गरिएको थियो । यद्धपी महराले आफुमाथि लगाएको आ रोप निराधार भएको बताउँदै आएका थिए । पूर्व सभामुख कृष्ण बहादुर महराले सफाइ पाएका छन् । करणी उद्योगको मुद्दामा काठमाडौं जिल्ला अदालते महारालाई सोमबार सफाइ दिएको हो । न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो ।

मुद्दाको बहस आइतबार नै सकिए पनि फैसला लेख्न समय नपुगेपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । महराको पक्षबाट रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, लव मैनाली लगायतका ३७ जना अधिवक्ताले बहस गरेका थिए । संघीय संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि करणीको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने: “अभियोग दाबी नपुगेकाले उनले सफाइ पाउने ठहर गरिएको छ।”दशैँको ठिक अगाडि संसद् सचिवालयमै कार्यरत महिला कर्मचारीलाई डेरामा गएर करणी प्रयास गरेको अभियोग लागेपछि पुर्पक्षका लागि थुनामा राखिएका महरा अदालतको फैसला गरेपछि रिहा हुनेछन्। दुई महिनाअघि उच्च अदालत पाटनले पूर्वसभामुख महरालाई थुनामुक्त गर्न अस्वीकार गरेको थियो। उसले जिल्ला अदालतले महरालाई मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म पुर्पक्षका निम्ति थुनामा राख्न दिएको आदेश नै सदर गरिदिएको थियो।

साथै उच्च अदालतले ‘उक्त मुद्दा लगातार कारवाई र सुनुवाई गर्नुपर्ने प्रकृतिको भएको र पीडितको बकपत्र समेत भइसकेको देखिएको’ उल्लेख गर्दै ‘एक महिनाभित्र मुद्दाको कारवाई र किनारा लगाउन’ आदेश दिएको थियो। महराविरुद्ध प्रयास गरेको उजुरी दिएकी संसद्‍ सचिवालयमा कार्यरत एक कर्मचारीले पछि आफूलाई उजुरी गर्न लगाएको भन्दै अर्को निवेदन दिएकी थिइन्। ती महिलाको आरोपपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।

Leave a Reply