Friday, April 16, 2021
Home > भिडियो > अनुपा काण्डः नकुल बारे छोरी तृष्णाको डरलाग्दो खुलासा, के नकुल गलत छन् ? (भिडियो हेर्नुस्)

अनुपा काण्डः नकुल बारे छोरी तृष्णाको डरलाग्दो खुलासा, के नकुल गलत छन् ? (भिडियो हेर्नुस्)

तनहुँ । भारतको केरालामा कुमार कार्कीका साथमा फेला परेकी अनुपा अधिकारी र उनका दुई छोरी सहितलाई अहिले नेपाल ल्याइसकिएको छ । नेपालवाट दुई छोरी लिएर कुमार कार्कीका साथ हिडेपछि उनका पतिले करिब एक महिना देखि उनीहरुको खोजि सुरु गरेका थिए । प्रहरी र मिडियाको सहयोगमा उनीहरु केरलामा बसेको भन्ने सूचना पाएपछि टोली केरला पुगेको थियो । उनीहरुलाइ केरलाको एउटा घरमा छापा मा”रेर फेला पारेको थियो ।

दुई छोरी लिएर अनुपा कुमारसंग केही पैसा समेत लिएर हिडेको भन्दै उनका पति नकुल अधिकारी मिडियामा आएका थिए । तीन दिनको यात्रा पछि केराला पुगेको टोलीले उनीहरुलाई त्यती नै दिनको यात्रा तय गरेर नेपाल ल्याइपुर्याएको छ । उनीहरुलाई भारतीय सिमाना सुनौली ल्याएर प्रहरीसंगको समन्वय गरेर तनहुँ प्रहरीमा बुझाउने तयारीका साथ लिएर आएको सन्तोषले बताएका छन् ।

उनले केरलामा छापा मा”र्दा देखि नेपाल ल्याउँदा सम्मको सबै भिडियो सार्वजनिक गरेका छन् । सुनवलसम्म भारतको दिल्लीवाट सार्वजनिक गाडीमा आएको र त्यहाँवाट दमौली सम्म ब्यक्तिगत गाडीमा प्रहरी चौकीमा पुगेको सन्तोषले बताएका छन् । कुमारको श्रीमती र अनुपाको श्रीमानले वहुविवाहको मुद्दा दायर गर्ने सम्भावना रहेको बताइएको छ ।

उनीहरु दमौली आइपुग्दा राति भइसकेको थियो । दमौली प्रहरीमा पुगेपछि अनुपालाई प्रहरीको जिम्मा लगाउँदा उनको ठूलो छोरी भने निकै रोएकी थिइन् । उनले ममीलाई केही भयो भने झु”ण्डि”एर म”’रिदिन्छु भनेर ध”म्की समेत दिएकी थिइन् । घरमा पुगेर हजुरआमालाई भेटेपछि भने नातिनी खुसी भएकी थिइन् । त्यस्तै कुमार कार्कीसंग भागेर भारतको केरला पुगेकी अनुपाले आफु घर छोडेर हिड्नको कारण बताएकी छन् । उनले आफु बाध्यताले हिड्नु परेको बताएकी छन् ।

उनले आफु कुमारसंग जान लागेको भनेर पहिले नै आफ्ना श्रीमानलाई भनेको समेत मिडिया सामु खोलेकी छन् । सामाजिक सञ्जाल फेसवुकमा कुमारसंग चिनजान भएको र उनीसंग बोलचाल भएको भने अनुपा र कुमारले स्वीकार गरेका छन् । तर आफुहरुको नराम्रो सम्बन्ध नहुँदा पनि कुमारको श्रीमतीले आफ्नो श्रीमानसंग लागि भनेर वे’इज्ज’त गरेर सबैलाई फोन गरेर भनेका कारण बाध्य भएर आफु हिडेको उनले बताएकी हुन् ।

भिडियोः

Leave a Reply