Tuesday, April 20, 2021
Home > भिडियो > डोली चढाउनै आँटेकाे छोरीलाई चितामा चढाउनु पर्दाकाे पीडाले घर परिवारमा चल्यो यस्तो रूवाबासी (भिडियो हेर्नुस्)

डोली चढाउनै आँटेकाे छोरीलाई चितामा चढाउनु पर्दाकाे पीडाले घर परिवारमा चल्यो यस्तो रूवाबासी (भिडियो हेर्नुस्)

काठमाडौं- सवारी दुर्घटनामा परी नायिका महिमा सिलवालको निधन भएको छ । काठमाडौंबाट चितवन जानेक्रममा उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई लु २ ख १३५ नम्बरको बसले ठक्कर दिँदा सिलवालको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ग म्भीर घाइते भएकी उनकी बहिनी सर्मिलाको पनि ज्या न ग एको छ । चितवन जिल्लामा बहिनीको ‘इन्गेजमेन्ट’मा जान लागेको बेला दुर्घटना भएको थियो ।

दिदी महिमाको घटनास्थलमै र बहिनीको उपचारका लागि काठमाडौं ल्याउनेक्रममा बाटोमै निधन भएको प्रहरीले जनाएको छ । घटना बुधबार साँझ ५ बजेर ४५ मिनेटमा गजुरी गाउँपालिका, वडा नम्बर २ चाम्बासमा घटेको हो। प्रहरी निरिक्षक पाण्डेका अनुसार घुम्ती क्रस गर्ने क्रममा स्कुटी र बस एकआपसमा ठोक्किएका हुन्। उनले बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

भरतपुर महानगरपालिका–१२ शिवनगरकी अभिनेत्री महिमा सिलवालले एक दर्जनभन्दा बढी फिल्म र दर्जनौं म्यूजिक भिडियोमा अभिनय गरेकी छन् । ‘कारवाही’ फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले ‘जिगोलो’, ‘अप्रिल फूल’, ‘दानव’ लगायतका फिल्ममा अभिनय गरेकी छन् । उनी अभिनीत अझै आधा दर्जन फिल्म प्रदर्शनको पखाईमा छन् ।

जुन घरमा केहि दिनमा बहिनीको बिवाह हुँदै थियो आज त्यहि घरमा दुइ छोरिको निधन भएको छ । एउटा छोरीलाई डोली चढाएर पठाउन लाग्दै गर्दा दुइ छोरीलाई चि”तामा राखेर घा”ट लानु पर्दा परिवार त सोकमा त थियो नै पुरै सिंगो बजार पनि सोकमा थियो ।

भिडियोः

Leave a Reply