Friday, April 16, 2021
Home > भिडियो > सहयोगी मनहरकाे समाजद्वारा बाग्लुङका असाहाय बालक तारा बिकलाई सहयोग हस्तान्तरण … हेर्नुस भिडियो

सहयोगी मनहरकाे समाजद्वारा बाग्लुङका असाहाय बालक तारा बिकलाई सहयोग हस्तान्तरण … हेर्नुस भिडियो

बागलुङ बडिगार्ड गाउँपालिका भिमागिथेका एकदम मनै रुवाउने १४ वर्षिय बाबुको अवस्था देखेर सधै गरिब दुखी पीडित असायहरुको लागि साथ सहयोग गर्न पछि नपर्ने सहयोगी मनहरूको समाज काठमाण्डाैबाट सहयोग हस्तातरण गरिएकाे छ । आज बागलुङ बडिगार्ड गाउँपालिका वाड नं ६ भिमागिथे का बाबु तारा बिक जस्काे अवस्था यस्तो दर्दनाक छ कि हेर्ने जो कसैलाई मन छुने र रूवाउने खालकाे छ । सकेकाे सहयोग गराैं ।

सहयोगी मनहरुको समाज, काठमाण्डाै मार्फत गरिएकाे सहयोग हिमालयन बृद्धाश्रमकि सञ्चालिका रिमा सापकाेटा मार्फत रू २५०००।- अक्षरूपी (पच्चिस हजार मात्र) सहयोग बडिगार्ड गाउँकै भिमगाथेमा पुगेर सहयोग हस्तान्तरण गरिएकाे छ । यस अभियानका शुरूवाती सहयोगका लागि रिमा सापकोटाले दिनुभएकाे सहयोगी भावनालाई विशेष धन्यवाद ।

उक्त सहयोग हस्तान्तरणमा रिमा सापकाेटाले भन्नु भयोः यस अभियानमा सहयोग पुर्याउनु हुने सहयोग मनहरूको समाज काठमाण्डाैलाइ विशष धन्यवाद दिदै अरु सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक नमन । बाबुलाई हामिले छिट्टै उपचारको लागि काठमाण्डौ ल्याउने र धेरैको सहयोगको खाँचो पर्ने हुनाले बाबुको सम्पूर्ण विवरण हेर्नको लागि भोलि बडिगार्ड अनलाइन , गुल्मी टिभीमा भिडियो आएकाे तलकाे भिडियो हेरेर सहयोग गर्न नभुल्नुहोला ।

त्यस्तै सम्पूर्ण मिडियाकर्मी लगायत त्यहाँ उपस्थित स्थानिय जनप्रतिनिधिहरु र जनसमुदायहरूबाट हामीले पाएको साथ र सपोर्ट प्रति आभार ब्यक्त गर्दछु।सधै यसरी नै दिन दुखी गरिब असय हरु लाई दिएर नै खान पुगोस लाउन पुगोस् भगवानले सधै रक्षा गरून् हजुर लाई फेरि पनि हृदय देखिन धन्यवाद । कृपया सहयोगको लागी 9845505898,9823037397 मा सम्पर्क गर्न सक्नुहुनेछ ।

भिडियो हेर्नुस्ः

Leave a Reply