Tuesday, April 20, 2021
Home > समाचार > सिन्धुपाल्चोकमा २०१ जनालाई काेराेनासँग मिल्ने लक्षण भएको रोग देखा प-र्यो, तत्काल स्वास्थ्य परिक्षण गर्न अपिल!

सिन्धुपाल्चोकमा २०१ जनालाई काेराेनासँग मिल्ने लक्षण भएको रोग देखा प-र्यो, तत्काल स्वास्थ्य परिक्षण गर्न अपिल!

सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ को गुम्बा बस्तीमा कोरोना भाइरससँग लक्षण मिल्ने शंकास्पद रोगको लक्षण देखिएकाे छ । गाउँपालिकाले साेमबार सूचना जारी गर्दै संक्रमणबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराएको छ । अत्यन्त जरुरी भनिएको पत्रमा लेखिएको छ, ‘विश्वमा फैलिइरहेको नोभल कोरोनाभाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अत्याधिक ज्वोरोजस्ता लक्षणका बिरामी देखा परेको देखिन्छ ।

यस्ता विरामी देखा परेकाे हुँदा सोको परीक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाइ सहयोग गरिदिन हुन अनुरोध गर्दछौं ।’ जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङका अनुसार गुम्बामा तीन दिनदेखि उक्त संक्रमण फैलिएको छ । सुरुमा स्कुले बालबालिकामा देखिएको संक्रमण अहिले गाउँका २०१ जनामा फैलिएको छ ।

उपाध्यक्ष तामाङले भनिन, वडाले जानकारी गराउने वित्तिकै हामीले यहाँबाट औषधिसहित स्वास्थ्यकर्मीकाे टाेली पठायौं । वडाकै स्वास्थ्य इकाइ तथा पालिकाबाट गएको टोलीको सहयोगमा बिरामीलाई औषधि खुवाएपछि बिरामीलाई अलि कम भएको जानकारी पाएका छौं ।’ तामाङका अनुसार अहिले जिल्ला जनस्वास्थ्य, जिल्ला अस्पताल तथा गाउँपालिकाको टोली भाइरल प्रभावित गाउँ गुम्बा जाँदै छ ।

गाउँपालिका महासंघका अध्यक्षसमेत रहेका जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले महामारीजस्तो रोग देखिएको बताए। हेर्नुहोस उनको स्टाटस जस्ताको तस्तै :

बिहान सम्म १ दर्जनको संख्यामा रहेको बिरामी अहिले सॉझसम्म सय नॉघेको छ । बिरामीको संख्या बढिरहेको छ । रुघा, खोकी ज्वरोले भाईरलको रुप लिएको छ । कोरोना नहोस् तर यसका लक्षण मिल्दाजुल्दा भएकोले थप चनाखो हुनु पर्दछ भन्ने मात्र आग्रह हो हाम्रो ।

मानवीय क्षती पश्चात मात्र संबेदनसिल भएर हुदैन । त्यहि भएर हामीले बेलैमा तत्परता देखाएका हौ । यो हतारो हैन । हामीसंग उपलब्ध जनसक्ति र साधनस्राेतले भ्याए सम्मको रेस्पोन्स गरिरहेका छाै । थप मदतका लागि जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला स्वास्थ्य कार्यलय, प्रदेस सामाजिक विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेका छाै ।

अहिले पनि म लगाएत साथिहरु थप औषधी र मास्क लगाएतका सामाग्री संकलन गरिरहेका छौं । भोलि बिहान मेडिकल अफिसर सहितको स्वास्थ्यकर्मी टोली गुम्बा जादैछौं । अहिले सॉझ तिर केही बिरामीहरुमा सुधार देखिन थालेकोले थप चिकित्सकीय सहयोग भएमा स्थिति नियन्त्रणमा आउन सक्ने विस्वास फिल्डमा खटिएका स्वास्थ्यकर्मी साथिहरुको छ ।

सक्दो प्रयास भईरहेकोले नआत्तिन सबैमा आग्रह गर्दछु । म फेरि दोहोऱ्याछु हामीले कोरोना भाईरस भनेका छैनौं यो संग लक्षण मिल्दोजुल्दो भएकोले साबधानी अपनाउन संबन्धित निकायमा पत्राचार गरेका हौं । जुगल गाउपालिकाको बिज्ञप्ती हैन यो । मानवीय संबेदना मात्र हैन बिपदको यस्तो घडीमा सके सहयोग गरौं ज्ञान र उपदेश त फुर्सदमा बॉढे पनि हुन्छ ।

गाउँपालिकाकाे निवेदनः

Leave a Reply