Saturday, April 17, 2021
Home > भिडियो > केरलाका कर्णेलकाे घरबाट लुकेर बसेका अनुपा र कुमारलाई सन्ताेषले यसरी निकाले (भिडियो हेर्नुस्)

केरलाका कर्णेलकाे घरबाट लुकेर बसेका अनुपा र कुमारलाई सन्ताेषले यसरी निकाले (भिडियो हेर्नुस्)

माघ २८, केरला । नकुलको श्रीमती अनुपा उनका दुई छोराछोरी सहित कुमारसंग भागेकी थिइन् । कुमारको पनि श्रीमती र एक छोरा छन् । वैदेशिक रोजगारीमा रहेका कुमार नेपाल फर्केपछि घरमा नगएर अनुपालाई लिइर भारतको केरला पुगेका थिए । केरालाको एउटा घरको कोठामा अनुपा कुमारका साथ फेला परेकी हुन् । उनहरु बसेको कोठामा अचानक भारतीय प्रहरी सहित नकुल प्रवेश गरेपछि साना दुई छोरी डराएर रोएका थिए ।

सानो छोरीलाई जन्मेपछि देख्नै नपाएका नकुलले आफ्ना छोरीहरुलाई काखमा लिएर माया गरे । तर विदेशमै रहेका नकुलसंग उनका छोरीहरु नै राम्रोसंग झ्याम्मिएका थिएनन् । सानी छोरीले त बुवालाई चिनेकी पनि थिइनन् ।

भारतको केरालामा पुगेर अनुपाले छोरीलाई विद्यालय भर्ना पनि गराएकी थिइन् । अचानक प्रहरी र मिडिया कोठामा पसेर कुमार र उनका अन्य दुई साथीलाई केरकार गर्न लागेपछि डराएकी अनुपाको छोरीले घटनामा आमाको केही दोश नभएको र संधै बुवाले आमालाई तनाव दिने गरेको भन्दै बिलौना गरेकी थिइन् । अनुपाले प्रहरी सामु कुमारसंग ७ महिना देखि सम्बन्ध रहेको स्वीकार गरेकी छन् ।

भिडियोः

Leave a Reply