Sunday, July 11, 2021
Home > स्वास्थ्य > उफ हस्पिटलकै अगाडि एक महिलाले यस्तो विडम्बना, महिलाले उभिएरै बच्चा जन्माइरहिन्

उफ हस्पिटलकै अगाडि एक महिलाले यस्तो विडम्बना, महिलाले उभिएरै बच्चा जन्माइरहिन्

सुनसरी धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एक महिलाले निकै कष्टकर तरिकाले बच्चा जन्माएकी छिन् । दुई महिना अघिदेखी पेट दुखीरहेपनी सोमबार बिहानबाट भने अत्याधिक दुखेपछी बिपि प्रतिष्ठान गएकी दुहबी ५ की २५ बर्षिया तुलसीकुमारी साहले आफ्नो बच्चा उभिएकै अवस्थामा जन्माएकी हुन् । आफुलाई समस्या भएकाले पहिला हेरिदिन तुलसीकुमारीका श्रीमान रामजीप्रसाद रौनियारले चिकित्सकलाई आग्रह गरे ।

उता अाग्रह गरे पनि नर्श तथा चिकित्सकहरुले वेवास्था गरीरहेका बेला साहको बच्चा उभिएकै अवस्थामा भुईमा झरेको थियो । दुई बच्चा आफ्नो श्रीमतीको पेटमा रहेको र निकै समस्या भएको बताएपनि चिकित्सकहरुले नसुनेपछी तुलसी कुमारीले पहिलो बच्चा उभिएकै अवस्थामा जन्मिएको हो ।

बच्चा जन्मिएपछी पनि दश पन्ध्र मिनेटजती चिकित्सक तथा नर्सहरुले नहेरेको तुलसीका श्रीमान रौनियारले गुनासो गर्नुभयो । चार बर्ष अघि एक छोरा जन्माएकी तुलसीले अहिले भने एक छोरा र एक छोरीलाई जन्मदिएकी छन् । बिराटनगरमा तपेशलाल कर्णसंग नियमित जाँच गराएपनी सबैले राम्रो भनेकाले प्रतिष्ठानमा प्रसुतिकालागि ल्याएको तर चिकित्सकले लापर्बाही गरेकाले आफु निराश भएको रौनियारको भनाई छ । बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान प्रशुती गराउनका लागि राम्रो मानिएपनी पछिल्लो समयमाभने सेवा छिटो छरितो नहुने समस्या रहेको बिरामी तथा आफन्तले बताएका छन् ।

बराहक्षेत्र २ की साधना पौडेललाई सोमबार राती १२ बजे ब्याथा लागेको थियो । प्रतिष्ठानसम्म लैजान साधन नभएका कारण बल्ल बल्ल बिहान ६ बजे प्रतिष्ठान पु¥याएको भएपनि चिकित्सकको बेवास्थाका कारण झण्डै छोरीको ज्यान गएको आमा माया गौतमले बताउनु भयो । बिहान ६ बजेदेखीनै अपरेशनका लागि तयारी गरेपनी बेवास्ता गरेकाले सोर्स फोर्सपछी दुईबजे मात्र अपरेशन थिएटर लगिएको थियो । अपरेशनपश्चात बच्चा जन्मिएपनी प्रतिस्ठानको अवस्था भने बिग्रदै गएको गौतमको भनाई छ ।

प्रतिष्ठानको उपचार खस्कदै गएको अवस्थामा स्त्रीरोग बिषेशज्ञ तथा प्रशुति बिभाग इन्चार्ज डा। मोहन रेग्मीले भने आफ्नो बचाउ गर्नुभएको छ । डा। रेग्मीले चिकित्सककको वेवास्ताका कारण लाईनमा उभिएकै अवस्थामा बच्चा जन्मिएको बिषयमा आफुलाई जानकारी नभएको र जानकारी लिएपछी मात्र जवाफ दिने प्रतिकृया दिनुभयो । उहाँले पहिला ३०÷४० जनाको डेलिभरी गराउने गरेको भएपनि अहिले अत्याधिक चाप भएका कारण ६०÷७० जनाको डेलिभरी हुने भएकाले पनि त्यस्तो हुनसक्ने बताउनुभयो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!