Tuesday, April 20, 2021
Home > भिडियो > अस्पतालमै पुण्य माथि बिशाल डनले हात हालेपछि ! पिडितको पैसा किन नदिएको भन्दै थर्काए (भिडियो सहित)

अस्पतालमै पुण्य माथि बिशाल डनले हात हालेपछि ! पिडितको पैसा किन नदिएको भन्दै थर्काए (भिडियो सहित)

केहि दिन अगाडि अन्तर्वार्ता दिने क्रममा विरामी परेपछि नेपाल मेडिकल कलेजमा उपचारका लागि पुगेका पुण्य गौतम माथि अस्पताल परिसरमा पनि आ क्रमणको प्रयास भएको छ । रातिमा ज्वरो आउने, वान्ता आउने हातखुट्टा दुख्ने लगायतका समस्या भएपछि वीर अस्पतालमा पुगेका उनले त्यहाँ वेड नपाएपछि नेपाल मेडिकल कलेज पुगेको बताएका छन् । उनले आफुलाई मेडिकल कलेजमा उपचारका लागि सुझाव दिइए पछि त्यहाँ पुगेको बताएका छन् ।

सामाजिक सञ्जालमा विभिन्न गतिविधि गरेर चर्चामा आइरहन मनपराउने गौतम अहिले पीडितकै उपचारका लागि देश विदेशमा रहेका नेपालीले पठाएको पैसा हिनामिना भएको भन्दै विवादित भएका थिए । तर उनले एउटा पीडितका लागि भनेर पठाएको रकम अर्का निकै आपतकालिन अवस्थाका विरामीलाई सहयोग दिएका कारण आफुलाई विवादित बनाइएको दावी गरेका छन् ।

उनलाई बचाउन केही अन्य ब्यक्ति पनि मिडियामा आएका छन् । मलाई निकै अप्ठेरोमा परेको बेलामा पुण्यले सहयोग गर्नुभएको हो भन्दै अन्य दुईजना ब्यक्ति मिडियामा आएका हुन् । उनले मिडियाका सामु पनि म्रिगौला पीडितलाई एक हजार रुपैया सहयोग गरेका थिए ।

उनले आफु स्वस्थ्य भएपछि आफु माथि आ क्रमण गर्नेलाई कानुनी कारवाहीका लागि प्रकृयामा जाने पनि बताएका छन् । केही दिन अघि उनी अन्तरवार्ताका क्रममा पनि वे होस भएर ढ लेका थिए । उनले भक्तपुरको अस्पतालमा उपचारका लागि रहेका एक जना बालकलाई आर्थिक सहयोग गरिरहेको बताएका छन् ।

केही ष’डयन्त्र’कारीहरुले पीडितलाई पुण्यले दिएको पैसा पनि नलिनु भनेर बताएका कारण उनीहरुले आफुले दिएको सहयोग पनि नलिएको बताए । अब आफु प्रहरी प्रशासनका ब्यक्ति समेत लिएर भक्तपुर अस्पताल जाने पनि बताएका छन् । पुण्य गौतमले मिडियामा अन्तरवार्ता दिँदा दिंदै विशाल डनको मान्छे हौं भन्ने ब्यक्ति के हो यो किन मान्छे खाएको भन्दै ? प्रश्न गर्न पुगेका थिए । उनको हुलीया हेर्दा पनि अनौठो देखिन्थ्यो ।
भिडियाेः

Leave a Reply