भारत र पाकिस्तानबीचको दुई पक्षीय उच्चस्तरीय वार्ता स्थगित भएको भोलिपल्ट भारतको काश्मिरमा छ जना मारिएका छन् । मारिने मध्ये एक जना सुरक्षाकर्मी र अरु पाँच जना लडाकू रहेको समाचारमा जनाइएको छ।
दुई पक्षबीचको भिडन्तमा परी उनीहरु मारिएको सैन्य अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । भारतीय सेनाका कर्णेल राजेश कालीले भारत र पाकिस्तानको सिमाना पार गर्न खोज्ने दुई जना शंकास्पद व्यक्तिहरु आइतबार मारिएको बताए।
त्यस बाहेक अन्य तीन शंकास्पद लडाकूहरु र अर्का एक जना सुरक्षाकर्मी सोमबार मारिएको उनको भनाई छ। घटना भएको ठाउँ उत्तरी ताङधार क्षेत्र हो ।