Tuesday, April 20, 2021
Home > प्रवास > मलेसियाबाट बुढी म आउँदै छु भनि हिडेका शुकलालको घरमा आउँदा न बुढी, न सम्पति (भिडियो)

मलेसियाबाट बुढी म आउँदै छु भनि हिडेका शुकलालको घरमा आउँदा न बुढी, न सम्पति (भिडियो)

काठमाडौ। नेपाली युवाहरुले विदेशमा गएर दुख गरेर कमाएको पैसा रेमिटेन्सको रुपमा कतै राम्रो काममा पनि प्रयोग भएका छन् । जसले नेपालीहरुको जिवनस्तर उकासेको छ । तर केही युवाहरुको भने विल्लिबाँठ भएको छ ।

पछिल्लो समय त्यस्ता थुप्रै उदाहरण हाम्रा सामु सार्वजनिक भएको छ । यहाँ पनि त्यस्तै एउटा दुखद खबर छ । विदेशमा दुख गरेर शुकलाल लाखौं रुपैया जम्मा गरे । विदेशवाट श्रीमतीलाई आफुले कमाएको रकम नेपालमा खुरुखुरु पठाए ।

उनी आफु नेपाल आउनु अघिल्लो दिन श्रीमतीलाई म भोली नेपाल आउँछु मलाई लिन विमानस्थल आउनु भनेर भने । तर श्रीमतीले म आउन पाउँदिन छोरालाई पठाउँछु भनिन् । छोरासंग उनी घर पुगे तर घरमा श्रीमती थिइनन्

श्रीमतीले घर परिवार धानेर बसेकी छ, घर ब्यवहार मिलाउँछे भनेर आफुले खाइनखाई जम्मा पारेको पैसा पठाउने गरेका थिए । आफ्नो नाममा एक पैसा पनि राखेनन् । जब अब त परिवारलाई ब्यवस्था गर्न यति रकम भएपछि पुग्छ भन्ने ठानेर उनी नेपाल फर्किए श्रीमती घरमा थिइनन् । आफुले वर्षौ सम्म कमाएको सम्पत्ती पनि थिएन ।

मकवानपुरका शुकलाल केही वर्ष देखि वैदेशिक रोजगारीका लागि मलेसिया थिए । उनी आफु नेपाल आउनु अघिल्लो दिन श्रीमतीलाई म भोली नेपाल आउँछु मलाई लिन विमानस्थल आउनु भनेर भने । तर श्रीमतीले म आउन पाउँदिन छोरालाई पठाउँछु भनिन् । छोरासंग उनी घर पुगे तर घरमा श्रीमती थिइनन् । सुनिता पाख्रिन उनको श्रीमती अहिले सम्म सम्पर्कमा छैनन् । शुकलाल अहिले २७ दिन देखि श्रीमतीको खोजीमा छन् । उनले प्रहरीमा पनि उजुरी दिएका छन् तर अहिले सम्म उनको श्रीमती कहाँ छन् भन्ने थाहा हुन सकेको छैन ।

उनी जनवरी १० तारिखमा नेपाल आइपुगेका थिए । अहिले श्रीमती लामो समय देखि सम्पर्कमा नआएपछि उनलाई छिमेकीलाई पनि केही कुरा सुनाएका थिए । छिमेकीले श्रीमती घरमा हुँदा एक जना ब्यक्ति घरमा आइरहने गरेको बताएका थिए । त्यही भएर उनले श्रीमती अरुसंग गएको हो की भन्ने शंका लागेको छ । त्यही भएर उनले श्रीमती हराएको भनेर प्रहरीमा उजुरी दिएका छन् ।

भिडियोः

Leave a Reply