Friday, April 16, 2021
Home > अन्तराष्ट्रिय > गए राति १७७ जना यात्रु रहको बिमान बिमानस्थलमा अवतरण गर्ने बेलामा ३ टुक्रा भएपछि मान्छेको रुवाबासी (तस्विर सहित)

गए राति १७७ जना यात्रु रहको बिमान बिमानस्थलमा अवतरण गर्ने बेलामा ३ टुक्रा भएपछि मान्छेको रुवाबासी (तस्विर सहित)

एजेन्सी । टर्कीको राजधानी इस्तानबुलमा अवतरण गर्ने क्रममा एक यात्रुबाहक विमान धावनमार्गमा चिप्लिएर तीन टुक्रा भएको छ । द पेगासस एयरलाइन्सको सो विमानमा १७१ यात्रु र चालकदलका ६ जना सदस्य सवार थिए । देशको पश्चिममा रहेको इजमिर प्रान्तबाट आएको सो विमान सबिहा गोकसेन विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो। बोइङ ७२७ विमान भारी हावा र वर्षाकाबीच विमानस्थलमा अवतरण हुने प्रयास गरिरहेकाे अवस्था थियो।

घटनापछि विमानस्थल बन्द गरेर अन्य उडानहरूलाई अन्यत्र मोडिएको थियो। बोइङ ७२७ विमान समान दिशामा चलिरहेको हावा र वर्षाकाबिच अवतरणको क्रममा थियो । विमानमा रहेका अधिकांश यात्रु टर्किस रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । झण्डै २० जना भने विदेशी रहेको उल्लेख गरिएको छ । खराब मौसमका कारण विमान धावनमार्ग भन्दा ५०–६० मिटर बाहिर गएर दुर्घटना भएको स्थानबुलका गभर्नरले बताएका छन् ।

हेर्नुहाेस केहि तस्विरहरू…

घटनामा तीन जनाको निधन हुनुका साथै १७९ जना घाइते भएका छन्।

Leave a Reply