Sunday, July 11, 2021
Home > साहित्य > प्रेमिकाको कुरालाई हतियार बनाएर सिध्याउन खोजियो! किन?

प्रेमिकाको कुरालाई हतियार बनाएर सिध्याउन खोजियो! किन?

‘हामीले राज्यसत्तासँग अलग देश मागेका होइनौँ, सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक रूपमा समान हैसियत मागेका हौँ,’ मदन पुरस्कार विजेता लेखक राजन मुकारुङ भन्छन् । पछिल्लो एक वर्ष राजन मुकारुङ विवाद र आलोचनामै अल्झिए । १५औँ प्रेमिकाको लफडामा फसे । विवादमा आउने रहर नै थियो त राजन मुकारुङलाई ? एकछिन गम्भीर हुन्छन् । प्रकाशनका लागि अन्तिम तयारीमा रहेको आफ्नो ‘अयोग्य’ उपन्यास हाे।

उनि अाफ्नो उपन्यासको पाण्डुलिपि ओल्टाइपल्टाइ गर्छन् । र, भन्छन्, ‘त्यो विषयमा म मौन बसिदिएँ । हाम्रो समाज हचुवाका भरमा बाहिरिएका कुरामा कतिसम्म भ्रमित हुन्छ भन्ने कुरा जान्नका लागि पनि थियो । एक वर्षसम्म मेरा शुभचिन्तकले ममाथि आएका प्रेमिकाको समाचार मात्र पढे ।’ उनले थपे, ‘संविधान जारी भयो । विवादबीच चुनाव भयो । म चुनावमा सहभागी भएँ । त्यतै अल्झिएँ ।’

राजन मुकारुङ त्यो समयमा दूरदराजका गाउँहरूमा पुगे । उनीहरूको जीवनस्तर, सामाजिक संरचनाको अध्ययन गरे, उनीहरू कस्तो सांस्कृतिक चेतनासँग जीवनयापन गरिरहेका छन् या कस्तो आर्थिक हैसियत बोकेर बाँचिरहेका छन् भन्ने कुराको खोजबिन गरे ।

‘त्यही समयमा शुभचिन्तक भेटिए । अनेक ढंगको सम्बन्ध बन्यो । ठाउँ-ठाउँमा बहस, विमर्श गर्दै हिँडेँ । तर, प्रेमिकाको सवाललाई भने केन्द्रमा राखियो,’ लामो सास तानेर टेबलबाट कुइनो हटाउँछन् र थप्छन्, ‘सबैले राजन मुकारुङलाई कसरी सिध्याउन सकिन्छ भनेर कमजोरी खोजिरहेका वेला प्रेमिकाको कुरालाई हतियार बनाएर सिध्याउन खोजियो ।’

राजन मुकारुङले दूरदराजमा पुग्दा बुझे, नेपालमा दुई खालका स्कुल छन् । एकथरी सहरका निजी स्कुल, जसले भौतिक सपना देखाइरहेका छन् । अर्को, सरकारी स्कुल जहाँ सपना नै देखाइँदैन । धनीहरूले आफ्ना बालबालिका निजी स्कुलमा पढाइरहेका छन् । नसक्नेहरू त्यतै, कतै सपनाभन्दा परको जीवन बाँचिरहेका छन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

आफूले जुन समुदायको उत्थानका लागि लेखियो, उनीहरू त सपनाविहीन भएर बाँच्दा रहेछन् भन्ने कुरा राजनले त्यतिखेरै बुझे । भन्छन्, ‘हामीसँग सपना नै छैन, सपना नभएकै कारण हामी पछाडि छौँ । हाम्रो सपना तलदेखि नै सिध्दिएर आएको छ । प्राथमिक तहमै हामीले उनीहरूलाई स्वप्निल बनाउनुपथ्र्यो ।’

उनको तर्क थियो, मानिसहरू निर्जीवजस्तो, कृत्रिमजस्तो भएर बाँचिरहेका छन् । अब त्यतातिर ध्यान दिन जरुरी देख्छन्, राजन । उनको आक्रोश छ, ‘हामी राज्यसँग न्याय मागिरहेका हौँ । हाम्रो पनि अधिकार छ, हामीलाई पनि भूमिका देऊ भनेका हौँ । राज्य नै खोस्न खोजेका होइनौँ ।’ दमनमा बाँचिरहेको हरेकले कुनै दिन त अवश्य विद्रोह गर्छ नै । उनी सुझाउँदै भन्छन्, ‘राज्यले विद्रोह जन्मिने वातावरणको सिर्जना गर्नुहुँदैन ।’

Leave a Reply

error: Please Dont Copy My Content!! !!