Saturday, April 17, 2021
Home > प्रवास > मलेसियाबाट आयो अर्को दु:खद खबर ! पेनाङ्गमा यी नेपाली युवाले गरे आ’त्मह’त्या

मलेसियाबाट आयो अर्को दु:खद खबर ! पेनाङ्गमा यी नेपाली युवाले गरे आ’त्मह’त्या

मलेसियाको पेनाङ्ग राज्यमा रोल्पा जिल्लाका गङ्गादेब गाउँपालिका २ डाडागाउ का कारण क्षेत्रीले आ’त्मह’त्या गरेका छ्न । पब्लिक प्याकेजेज कम्पनी मा कार्यरत २३ बर्सिय किरण जनावरी २८ तारिख कम्पनीको होस्टल नजिकै तामान पलाङ्गीको आकासे पुलमा झु*ण्डिएर आ’त्मह’त्या गरेको पेनाङ्गबाट जनउद्वार केन्द्रका सचीव शंखर देब आचार्यले बताएका छन् । मृ’तकका सहकर्मी साथीहरूका अनुसार पारिवारिक कलहका कारण मृ’त्यु बरण गरेको हुनसक्ने बताए।

साथीहरूका अनुसार मलेसियामा पनि केही तेस्तो सम्बन्ध रहेको जिबित रहदा बताएको र वापसिक सम्बन्धमा आ घात पुग्दा आ’त्मह’त्या गरेको हुनसक्ने बताए। मृ’तक को मृ’त सरिर को पो’स्टमा’र्टम भैसकेको र श’व नेपाल फिर्ता गराउने तयारी रहेको मृ’तक काम गर्ने कम्पनी श्रोतले बताएको छ। मृ’तक’का परिवारमा एक छोरी, श्रीमती, बुवा आमा रहेका छ्न।

यो पनि दुवै हात नभएकी संसारकै एकमात्र पाइलट जेसिकाको सफलताको कथा

एजेन्सी । संसारमा अपांगता भएका व्यक्तिले नगरेको कुनै पनि काम छैन । सामान्य व्यक्ति सरह उनीहरुले पनि विभिन्न क्षेत्रमा आफुलाई अब्बल बनाएका छन् । दुवै हात नभएकी संसारकै एकमात्र महिला पाइलट हुन् जेसिका कक्स । अदम्य साहासकी खानी उनले गोडाको भरमा

जहाज उडाएर गिनिज बुक आफ दि वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाएकी छन् । जेसिका पाइलट मात्र होइनन्, उनी अमेरिकन तेक्वान्दो एशोसियशनकी ब्ल्याक बेल्टको उपाधि पनि प्राप्त गरेकी छन् । अमेरिकाको एरिजोनामा सन् १९८३मा जन्मिएकी जेसिकाका जन्मजात दुवैहात थिएनन् । उनकी आमाले उनलाई देखेर खुसी भन्दा पनि दुखी हुनु परेको थियो ।

आफ्नी छोरीलाई सबैले हेप्ने र घृणा गर्ने भविष्यको चिन्ताले उनकी आमा डिप्रेसनको शिकार भएकी थिइन् । १३ वर्षको उमेरसम्म जेसिकाले नक्कली हातको प्रयोग गरिन् । आफु १४ वर्षको उमेरमा पुगेपछि जेसिकाले नक्कली हातहरु फालिदिइन् र समाजमा खुलेर हिड्न थालिन । उनले आफुलाई जस्तो छु त्यसैमा आनन्द आउने बताइन् ।

जेसिकाले पढाइलाई चाहनासँगै राखेर अगाडि बढाउँदा सन् २००५ मा पहिलो पटक दुवैहात नभएकी महिलाले विश्वकीर्तिमान राखेर जहाज उडाइन् । अमेरिकाबाट उनले सन् २००८ मा पाइलटको लाइसेन्स प्राप्त गरिन् । अमेरिकाको एरिजोना विश्वविद्यालयबाट साइकोलोजीमा स्नातक उनले सूचनाको क्षेत्रमा पनि राम्रो अध्ययन गरेकी छन् । अहिले झण्डै ३८ वर्षीया जेसिकाले तेक्वान्दोमा पनि विभिन्न उपाधि प्राप्त गरेकी छन् ।

जेसिका कक्स अहिले संसारभरका अपांगता भएका व्यक्तिका लागि प्ररणाको स्रोत बनेकी छन् । सामान्य नागरिकले दुवै हातले पनि गर्न नसक्ने खालका उपलब्धि उनले संघर्षपूर्ण यात्राबाट पुरा गरिन् । उनी सन्तुष्ट छन् । पाइलटसँगै अहिले जेसिकाले विभिन्न देशमा पुगेर आम नागरिकलाई सफलताका लागि प्रवचन दिने गरेकी छन् । ह्याण्डिक्याप इन्टरनेशनको सद्भावनादूत जेसिकम केही वर्ष पहिले नेपालमा पनि आएकी थिइन् । एजेन्सीको सहयोगमा

Leave a Reply