Saturday, April 17, 2021
Home > भिडियो > तरूनी हुँदा सबै मिल्यो, छोरी जन्मिए पछि जात मिलेन भन्दै श्रीमान भागेपछि धरधरी रोइन श्रीमति (भिडियो हेर्नुस्)

तरूनी हुँदा सबै मिल्यो, छोरी जन्मिए पछि जात मिलेन भन्दै श्रीमान भागेपछि धरधरी रोइन श्रीमति (भिडियो हेर्नुस्)

काठमाडौं । जवानी हुदासम्म प्रिय बनेकि दोलखाकी सजना नेपालीको दिन अहिले रोएर वितेको छ । विवाह गरेको १० वर्ष सम्म राम्रै चलेको उनको वैवाहिक जिवन अहिले तहस नहस भएको छ । बैँशको रस भइन्जेल मन पारे तर जवसम्म उनले सन्तान जन्माएकी थिइनन् त्यतीञ्जेल उनीहरुको पारिवारीक जिवन राम्रै चलेको थियो जब उनको कोखमा सन्तान बस्यो त्यसपछि उनका श्रीमान अन्य महिलासंग नजिकिन थाले । उनलाई शंका गर्ने र यातना दिन थाले ।

विवाहको केही समय पछि उनले जातभातको कुरा निकालेर कु’टपि’ट गर्ने गर्छन् । मेरो परिवारले तँलाई स्वीकार्दैनन् म तँ संग किन बस्ने भन्दै थर्काउँछन् । तीन वर्षकी छोरीले बाबा भन्छिन् । अलिकति चोट लाग्यो भने छोरीले बाबा भनेर रुन्छिन् त्यतीबेला उनको मुटु छियाछिया हुन्छ । ललितपुरको गोदावरीमा बस्ने सजना अहिले आफुलाई परेको समस्यामा परेपछि मिडियामा आएकी हुन् ।

अहिले चार महिना यता श्रीमानले छोडेर सम्पर्क विहिन भएपछि उनी बिचल्लीमा परेकी हुन् । १० वर्ष अघि विवाह गर्दा जातभातको कुरा गरेनन् तर अहिले जातभातको कुरा निकालेर त\नाव दिने गरेको बताइन् । उनीहरुको सम्बन्ध भएको ७ वर्ष पछि ३ वर्ष अघि उनीहरुले औपचारीक रुपमा विवाह गरेका हुन् ।

उनीहरु सम्बन्धमा रहंदा पनि उनका प्रेमीले यातना भने दिन्थे । तर आफुले निकै माया गरेका कारण त्यस्तो गर्दा पनि उनले श्रीमानलाई छोड्न नसकेको बताइन् । धेरै पटक प्रहरीमा उजुरी दिएपछि पनि मिलमिलाप हुन्छ तर पनि उनले ब्यवहार भने परिवर्तन गर्दैनन् । उनका श्रीमान गाडी चलाउँथे ।

गाडीमा यात्राका क्रममा उनीहरुको चिनजान भएको थियो । सजनाको दाईको चिनजानकै मानिस थिए त्यसैले उनले पनि विश्वास गरिन् । प्रेममा रहँदा एक वर्ष सम्म त निकै माया गरे त्यसपछि भने उनले आफ्नो ब्यवहार परिवर्तन गरेको उनले बताइन् । उनका श्रीमान केटीको विषयमा मुद्दामा परेको पनि बताइन् । उनले त्यस बेला पनि श्रीमानलाई जेलवाट छुटाएको बताइन् ।

भिडियोः

Leave a Reply