Friday, April 16, 2021
Home > अपराध > ल हेर्नुस् त यिनीहरूले बच्चा बोरामा हालेर चोर्दै…

ल हेर्नुस् त यिनीहरूले बच्चा बोरामा हालेर चोर्दै…

मोरङ । मोरङको डाडर बैरीया गाउँपालिका–५ का संजय शर्माकी छोरी आँचल शर्मालाई भारतीय चोरहरुले बोरामा राखेर लैजाँदै गर्दा स्थानीयको सहयोगमा प्रहरीले मुक्त गरेको छ। बच्चा चोर्न आएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका–९ हनुमाननगर बजार रहेका मामा अमित शर्माको घरकाे आँगनमा खेलिरहेकी बालिकालाई चोरहरुले बोरामा हालेर साइकलमा लैजान लागेका थिए।

सप्तरीमा भारतीय चोरहरुको हातबाट आठ वर्षीया बालिका फुत्किन सफल भएकी छन्। जुरबुवाको श्राद्धमा आएकी बालिकालाई चोरहरुले जवर्जस्ती उठाएर लग्न लागेको देखेपछि बालिकाकी हजुरआमा साबित्री देबी शर्माले हो–हल्ला गरेकी थिइन्। प्रहरीले बालिका चोर भारत बिहार जिल्ला सुपौल ग्राम बथनाहा वडा नं१८ बस्ने उमेश गोसाईको छोरा अंन्दाजी वर्ष २० को आनन्द कुमार गोसाई र सोही ग्राम–४ बैरियाघाट बस्ने नरेश झाको छोरा अन्दाजी वर्ष १८ को अनिल कुमार झालाई पक्राउ गरेको छ।

उनीहरुको साथबाट साईकल १ थान र पलाष्टीको ३ वटा बोरा समेत बरामद गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विद्युतीय बसका सञ्चालनका लागि चार्जिङ स्टेसन

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले सुपर चार्जिङ स्टेसन बराबरको लगानीमा साधारण चार्जिङ स्टेसन निर्माणको प्रक्रिया अघि बढाएको छ । हाल ६३ अर्ब रुपियाँ लागतमा ५० वटा स्टेसन निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गरिसकिएको छ । साधारण चार्जिङ स्टेसनका लागि गरिएको यो आह्वानमा प्राधिकरणले मोटो रकम खर्च गर्दैछ ।

स्टेसन आगामी चैत अन्तिमसम्म सम्झौता भई निर्माण सुरु गरिने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । साधारण चार्जिङ स्टेसन पुरानो प्रविधि हो । यसमा एउटा सवारी पूर्णचार्ज गर्न कम्तीमा ६ घण्टा लाग्दछ तर सोही छ घण्टामा चार्ज हुने सवारीलाई सुपर चार्जिङले दुई घण्टामा गर्छ तर प्राधिकरणले भने साधारण चार्जिङ स्टेसन बनाउँदै छ ।

४२ किलोवाटको मेसिन राखिने चार्जिङ स्टेसनमा छ घण्टा लगाएर चार्ज गर्नुभन्दा दुई घण्टामै चार्ज हुने सुपर चार्जिङ स्टेसन बनाउन व्यवसायीको सुझाव छ । चारवटा विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले भने, ‘प्राधिकरणले नर्मल चार्जिङ स्टेसन बनाउँदै छ त्यो पनि साह्रै महँगोमा, एउटा स्टेसन बनाउन ५० लाख खर्च लाग्दैन तर उहाँहरूले एक अर्ब रुपियाँको हिसाब गरिरहनुभएको छ/छ घण्टा चार्ज गर्नुपर्ने अवस्था अबको दुनियाँमा व्यावहारिक पनि हुँदैन ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

Leave a Reply