Tuesday, April 20, 2021
Home > अपराध > अजिता ह’त्याका’ण्डाः याै’न सम्पर्कपछि ७ हजारमा ‘कुरो नमिल्दा’ ह’त्या गरेको खुलाशा… पुरै विस्तार हेर्नुहाेस

अजिता ह’त्याका’ण्डाः याै’न सम्पर्कपछि ७ हजारमा ‘कुरो नमिल्दा’ ह’त्या गरेको खुलाशा… पुरै विस्तार हेर्नुहाेस

माघ २१, हेटौंडा– केहि दिन अगाडि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ की अजिता भुजेलको ह’त्यामा संलग्न ५ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीद्वारा सार्वजनिक गरिएका ५ जना अभियुक्तमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ कै २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, २४ वर्षीय शाशिष बल, २१ वर्षीय बुद्ध लामा र हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौरका अनुसार मृतक अजिताको मोबाइललाई पछ्याउँदा उनीहरु पक्राउ परेका हुन् । प्रहरीले अजिताको मृ’त्यु भएकै दिनदेखि उनले प्रयोग गर्ने मोबाइलको खोजी गरेको थियो । हराएको उक्त फोन सोमबार मात्रै सञ्चालनमा आएको जानकारी प्रहरीले प्राप्त गर्‍यो । उक्त फोन हेटौंडा–११ की एलिसा पाख्रिनले आफ्नो नाममा दर्ता रहेको सीम कार्ड हालेर प्रयोगमा ल्याएकी थिइन् ।

प्रहरीले एलिसालाई पक्राउ गरेपछि उनले आफ्नो साथी आशिष बलले उक्त मोबाइल उपहार ल्याइदिएको बयान दिएकी थिइन् । एलिसाको बयानपछि प्रहरीले उनका साथी आशिषलाई पक्राउ गर्‍यो । आशिषले पनि उक्त मोबाइल आफ्ना साथी बुद्ध लामाबाट उपहार पाएको बयान दिए । आशिषको बयानपछि प्रहरीले बुद्धको खोजी शुरु गर्‍यो । चितवनमा रहेका बुद्धलाई प्रहरीले त्यहिँ गएर पक्राउ गर्‍यो ।

बुद्धले पनि उक्त मोबाइल आफूलाई सिमोन परियारले दिएको बयान दिए । बुद्धको बयानपछि प्रहरीले सिमोन पनि पक्राउ परे । प्रहरीले पक्राउ गरेपछि सिमोन ना ६ ख ६५२७ नम्बरको ट्रकका सहचालक रहेको खुल्न आयो । प्रहरीका अनुसार अजिताको ह’त्या भएको राति साहुलाई समेत जानकारी नदिइ उक्त ट्रक आफैंले चलाएर हेटौंडा बसपार्क पुर्‍याएका थिए ।

सिमोनले ट्रक बसपार्कमा ल्याइसकेपछि सुशील थापामागरसँग भेट गरे । दुवै जनाले राति यौ’न सम्पर्क गर्ने ‘योजना’ बनाए । दुवै जना सोही ट्रक लिएर ठाडा भर्‍याङ पुगे । ठाडा भर्‍याङमा ट्रक पार्क गरिसकेपछि राति करिब १ बजेतिर उनीहरुले अजिता भुजेललाई भेटे ।

अजिता भुजेलसँग उनीहरुले ७ हजारमा यौ’न सम्पर्क गर्ने कुराकानी ‘पक्का’ गरे । त्यसपछि अजितलाई पुनः ट्रकमा लगे । दुवै जनाले ट्रकमै अजितासँग यौ’न सम्पर्क गरे । तर, पहिले भएको सहमति अनुसार दुवै जनाले अजितालाई पैसा दिन मानेनन् । भनेको पैसा नपाउँदा अजिताले विवाद गर्न थालेपछि दुवै जनालाई घाँटी थिचेर उनको ह’त्या गरेको खुल्न आएको मकवानपुर प्रहरी प्रमुख एसपी राठौरले बताए ।

Leave a Reply