काठमाडाैं । बलात्कारिलाई फासीको सजाय माग गर्दै सडकमा चर्का भाषण गर्दै आन्दोलनमा उत्रने सावित्रि सुवेदीले सिके राउतको टाउको काटेर फुटबल खेल्ने भन्दै गरेको कुरालाई लिएर सिके राउत समर्थक एक जना युवाले अत्याचारीको संज्ञा दिँदै उनको टाउको छेदन गरेर मधेस आन्दोलको सुरुवात गर्ने दिन आउन सक्ने भन्दै चेतावनी दिएका छन् ।
केहि दन पहिले सावित्रि सुवेदीले बिखण्डनकारी सिके राउतको टाउको काटेर फुटबल खुल्न मन लागेको भन्दै कडा आपत्ति जनाएकी थिइन् । सुवेदीको आवाज मधेसले सुन्दैन भन्ने सोच्नु गलत भएको भन्दै ती युवाले सुवेदी युरो र डलरवादीको उक्साहटमा उत्तेजित भाषण गरेर चर्चामा आउन खोज्ने एक महिला भएको भन्दै बोल्दा मानव अधिकारको सम्मान गर्न समेत चेतावनी दिएका छन् ।
मधेसको मुद्धामा सिके राउतले उठाएको कुरा जे सुकै भएपनि कसैले कसैको टाउको काटेर फुटबल खेल्छु भन्नु गलत भएकाले संयमता अपनाउन समेत आग्रह गरेका छन् । तर, यसरी नै बोल्दै जाने हो भने सुवेदीकै टाउको छेदन गरेर मधेसलाई छुट्टै देशको रुपमा चिनाउन संघर्ष हुनसक्छ, उनले भने ।