Sunday, November 28, 2021
Home > जीवनशैली > मध्यरातमा अायो यस्तो दुःखद खबरः प्रेम प्रस्ताव नमानेको भन्दै ‘तेजाब’ आक्रमणमा परेकि बालिका सम्झना दासको मृत्यु

मध्यरातमा अायो यस्तो दुःखद खबरः प्रेम प्रस्ताव नमानेको भन्दै ‘तेजाब’ आक्रमणमा परेकि बालिका सम्झना दासको मृत्यु

काठमाडौं । तेजाब आक्रमणबाट गम्भीर घाइते भएकी रौतहटकी सम्झना दासको मृत्यु भएको छ । उपचारको क्रममा आइतबार राति करिब ११ बजेर ४० मिनेटमा कीर्तिपुर अस्पतालमा उनकाे निधन भएको अस्पतालले पुष्टि गरेकाे छ ।

आइसीयूमा सघन उपचार गराउने क्रममै १८ वर्षीया सम्झनाको मृत्यु भएको हो । तेजाब अाक्रमणमा परेकी सम्झनाको अनुहारसहित शरीरको अधिकांश भाग जलेको थियो । उनको शरीर ३५ प्रतिशतभन्दा बढी जलेको थियाे, जुन चिकित्सकीय भाषामा ‘मेजर बर्न’ (गम्भीर जलन) काे अवस्था मानिन्छ, हरसम्भव प्रयास गरे पनि बचाउन नसकिएकाे उनकाे उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

गत भदौ २७ गते चन्द्रपुर नगरपालिका-६ की १८ वर्षीया सम्झनामाथि राति अाफ्नै घरमा सुतिरहेको बेला एसिड प्रहार भएको थियो । ५० वर्षीय छिमेकी रामबाबु पासवानले उनीहरुमाथि तेजाब आक्रमण गरेको अाराेपमा पक्राउ गरिसकिएकाे छ । पासवानले अाफ्नाे प्रेम प्रस्ताव नस्वीकारेकाे अावेगमा अाएर तेजाब छ्यापेकाे बयान दिएका थिए ।

दिदी सम्झनासँगै अाक्रमणमा परेकी बहिनी १५ वर्षीया सुस्मिता दासको भने अवस्था सामान्य रहेकाे चिकित्सकले जनाएका छन् । उनकाे पनि कीर्तिपुर अस्पतालमै उपचार भइरहेकाे छ, उपचारपछि उनलाई डिस्चार्ज गर्ने तयारी हुँदै छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!