Saturday, April 17, 2021
Home > भिडियो > रंगशालामा रबि लामिछानेदेखि मह जोडीको आगमन, अनमोल केसीले गरे यति ठुलो सहयोग, यसरी रोए धुर्मुस (भिडियो हेर्नुस्)

रंगशालामा रबि लामिछानेदेखि मह जोडीको आगमन, अनमोल केसीले गरे यति ठुलो सहयोग, यसरी रोए धुर्मुस (भिडियो हेर्नुस्)

काठमाडौं । धुर्मस सुन्तली फाउण्डेशनले चितवनमा निर्माण गरिरहेको क्रिकेट रंगशालाको लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । पैसा वाहेक रंगशालाका लागि आवश्यक पर्ने अन्य सहयोग पनि आइरहेको छ । शनिवार मात्र धादिङको गल्छी गाउँपालिकाले रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १०० टिपर बालुवा उपलब्ध गराइएको छ । रङ्गशाला निर्माणका लागि यसरी जम्मा भएकाे सहयोगपछि धुर्मसले मन थाप्नै सकेनन् ।

रंगशालाका लागि चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछाने, नायक अनमोल केसी लगायतले पनि ठूलो सहयोग गर्न आइरहेको फाउण्डेशनक अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताए । उनीहरुले संचालन गरेको टेलिभिजन कार्यक्रमवाट जितेको रकम रंगशाला निर्माणको लागि सहयोग गर्ने घोषणा गरेका हुन् । उनीहरुले टेलिभिजन रियालिटि शो वाट प्राप्त भएको रकम सहयोग गर्न पुग्ने बताइएको छ ।

धुर्मुसले रवि लामिछानेलाई सहयोगका लागि अपिल गरेको पनि बताएका छन् । रंगशाला निर्माणका लािग आर्थिक सहयोग जुटाउन आइतवारवाट महायज्ञ पनि सुरु भएको छ । पण्डित दिनबन्धु पोखरेलले त्यसका लागि निशुल्क महायज्ञमा बाचन गरिदिने प्रतिवद्धता जनाएपछि महायज्ञको आयोजना गरिएको पोखरेलले बताए ।

उनले ९७ वर्षका वृद्धले प्राप्त गरेको वृद्धभत्ता पनि लिएर रंगशाला निर्माणको लागि सहयोग दिन आउँदा आफुलाई निकै भावुक बनाउने गरेको धुर्मुसले बताएका छन् । शनिवार धादिङबाट १०० वटा टिपरले बालुवा रङ्गशालामा ल्याएर थुपारीदिएका छन् । सवैले गरेको सद्भाव र सहयोगका लागि धुर्मुुसले सबैलाई धन्यवाद दिएका छन् । उनले अब तोकिएको समयमा रंगशाला निर्माण हुने विश्वास आफुलाई लागेको बताए ।
भिडियोः

Leave a Reply