Tuesday, April 20, 2021
Home > समाचार > सुनसरीमा हायस र बस ठोक्किदा तीन जनाको मृ त्यु

सुनसरीमा हायस र बस ठोक्किदा तीन जनाको मृ त्यु

इटहरी, १९ माघ । हायस र नाइट बस एकआपसमा ठोक्किदा तीन जनाको मृ त्यु भएको छ। महेन्द्र राजमार्गस्थित इनरुवाको सखुवागाछिमा आइतबार बिहान दुर्घटना भएको हो। दुर्घटनामा चार जना घाइते भएका छन्। घाइतेको संख्या अझै बढ्न सक्ने पुर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । पुर्वतर्फ आइरहेको ना ६ ख ७९५ नम्बरको बस र पश्चिमतर्फ गइरहेको बा ५ ख ३१५७ नम्बरको हायस एक आपसमा जुधेका हुन् ।

घाइतेहरुलाई उपचारको लागि अस्पताल लगिएको छ । मृ तकको सनाखत भएको छैन । थप विस्तृत विवरण आउन बाँकी छ ।

जनताकाबीचमा हिँड्नै गाह्रो भो, नेता र जनप्रतिनिधिको सम्पत्ति छानबिन गरौँ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा नेता र जनप्रतिनिधिहरु भ्रष्ट हुँदै गएको भन्दै उनीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने आवाज उठेको छ । केन्द्रीय कमिटी बैठकका क्रममा गठित १५ वटा समूहमध्ये १३ नम्बर समूहका टोली नेता लेखनाथ न्यौपानेले दुई अध्यक्ष र महासचिवले पेश गरेको प्रतिवेदनमाथि टिप्पणीसहितको सुझाव दिने क्रममा यस्तो प्रस्ताव गरेका हुन्।

उनले समूह नम्बर १३ बाट प्रस्तुति गर्दै राजनीतिक दलका नेता र जनप्रतिनिधिहरुको सम्पत्ति खोजी र छानबिनका लागि शक्तिशाली आयोग गठनको प्रस्ताव अघि सारेका हुन्। केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत तीनवटा प्रतिवेदनमाथि समूहबाट उठाइएका सवालबारे बोल्दै उनले यस्तो माग गरेका हुन्।

‘राजकीय पदमा बसेकाहरुको सम्पत्ति छानबिन हुनुपर्छ। जनप्रतिनिधि र नेताहरुको सम्पत्ति खोजीका लागि शक्तिशाली आयोग बनाइयोस्’, उनले भने, ‘पार्टीभित्र यो वा त्यो नाममा भेदभाव हुने गरेको छ। अब न्यायोचित जिम्मेवारी दिने कुरामा पार्टीले ध्यान देओस्। पार्टीमा गलत प्रवृत्ति झाँगिँदै गएको छ, यसलाई रोक्न आयोग गठन हुनुपर्छ।’

नेता न्यौपानले सर्वहार बर्गको पार्टी भनिए पनि जनतासँगै छाती फुकाएर हिँड्नै नसकिने अवस्था आएको गुनासो पोखे। ‘जनताबीच कम्युनिस्ट पार्टीको कार्यकर्ता भनेर छाति खोलेर हिँड्न गाह्रो भएको छ। कांग्रेस र कम्युनिस्ट उस्तै रहेछन् भन्न थाले जनताले’, उनले भने, ‘यो विषयलाई गम्भीररुपमा लिइयोस् । सम्पत्ति कमाएर पार्टीभित्र अभिजात वर्ग बन्न पाइने हो ? यसबारे पार्टी गम्भीर हुनुपर्छ । पार्टीभित्र नवधनाढ्य वर्गको उदय भइरहेको छ। यसले कम्युनिस्ट आन्दोलनलाई संकटतर्फ लाँदैछ।’

नेता न्यौपानेले आधारभूत र सर्वहारा वर्गबाट पार्टी टाढिँदै जानु पार्टी विघटनतिरको यात्रामा रहेको भन्दै चिन्ता जनाए। ‘पार्टीलाई विघटनतिर जानबाट रोक्ने हो भने नेता र जनप्रतिनिधिको सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग गठन गर्नै पर्छ।’

Leave a Reply