Saturday, April 17, 2021
Home > भिडियो > टिपर रंगशाला प्रवेश गर्दा आधिवेहेरी नै ल्यायो भन्दै भावुक भए धुर्मुसले! यसरी व्यक्त गरे आभार (भिडियो हेर्नुस्)

टिपर रंगशाला प्रवेश गर्दा आधिवेहेरी नै ल्यायो भन्दै भावुक भए धुर्मुसले! यसरी व्यक्त गरे आभार (भिडियो हेर्नुस्)

माघ १८, काठमाडौं । धादिङको गल्छी गाउँपालिकाले रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १०० टिपर बालुवा उपलब्ध गराइएको छ । आज धादिङबाट १०० वटा टिपरले बालुवा रङ्गशाला ल्याएका हुन् । गल्छी गाउँपालिका वडा नं ४ का अध्यक्ष राजु अधिकारीले एक टिपरमा २६५ क्युफिट रहेकोे र प्रति टिप मूल्य रु ३० हजार हाराहारी पर्ने जानकारी दिए । सबै बालुवा रु ३० लाख बराबरको रहेको थियो ।

गाउँपालिकाले बालुवा र धोएको खर्च बेहोरेको र नेपाल टिपर तथा ट्रक व्यवसायी समिति कलङ्कीले ढुवानीको व्यवस्था गरेको उनले जानकारी दिए । भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । रङ्गशालामा रु ५० करोड सङ्कलन गर्ने लक्ष्यका साथ आइतबारदेखि धनधान्याञ्चल महायज्ञसमेत लगाइँदै छ ।

रु दुई अर्ब ५० करोडको लगानीमा जनस्तरबाट रङ्गशाला निर्माण गर्न लागिएको हो । यसको नेतृत्व धुर्मुश सुन्तली फाउण्डेसनले गरेको छ । गाउँपालिकाले आफुहरुले निर्माण गर्दै गरेको रंगशालालाई यति धेरै सहयोग गरेपछि फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस निकै भावुक भएका छन् । उनले सहयोगका लागि गाउँपालिकालाई धन्यवाद ज्ञापन गरे ।

भिडियोः

Leave a Reply