Thursday, October 1, 2020
Home > खेलकुद > नेपालकै इतिहाँसमा सावित्रा एक्लैले पाँच गाेल गरेपछि भारत सात-शून्यले पराजित

नेपालकै इतिहाँसमा सावित्रा एक्लैले पाँच गाेल गरेपछि भारत सात-शून्यले पराजित

माघ १८, भारत । भारतमा जारी महिला लिग फुटबल अन्तर्गत नेपाली खेलाडी सावित्रा भण्डारी सहभागी क्लब गोकुलम केरलाले फराकिलो जित दर्ता गरेको छ । शनिबार भएको खेलमा सावित्राको ५ गोलको मद्दतले गोकुलमले उडिसा पुलिसलाई ७–० गोल अन्तरले पराजित गरेको हो । यस्तै एग्बो एसपिरियन र ग्रेस लालहुनरले एक एक गोल थपेका थिए । यस सिजनमा सर्वाधिक गोलकर्ता रहेकी सावित्राले अहिलेसम्म ११ गोल गरेकी छिन् ।

पहिलो हाफमा उनकै गोलबाट अग्रता लिएको गोकुलमले दोस्रो हाफमा सावित्राले मात्रै थप ४ गोल गरिन् । समूह बीमा लगातार तीन खेल जीतेको गोकुलम शीर्ष स्थानमा छ ।

दुनियाँकै मन जितेकी मिस नेपाल श्रृंखलाकि भाग्यमानी श्रीमान

काठमाडौं । नेपालमा अहिले विवाहको सिजन चलिरहेको छ । नायिका ऋचा शर्माले केही महिना पहिले विवाह गरिन् । अहिले प्रियंका कार्की विवाहको तयारीमा छिन् । यता केकी अधिकारी लगायतको केही अभिनेत्रीसम्मको विवाहको चर्चा सुरु भएको छ । यो भिडमा पूर्व मिस नेपाल

श्रृंखला खतिवडा पनि आएकी छिन् । उनी आउँदो वर्ष वैवाहिक बन्धनमा बाँधिने देखिएको छ । चर्चित ब्लगर सिसन बानियाँसँग लामो समय देखि प्रेम सम्बन्धमा रहेकी खतिवडाले आफ्नो सम्बन्ध यसअघि पटकपटक लुकाउँदै आएकी थिईन् । तर, मिडियामा उनीहरुलाई पछ्याउनेको संख्या बढेपछि खतिवडा र बानियाँको प्रेम सम्बन्ध लामो समयसम्म गुपचुप रहेन ।

पछिल्लो समय यी दुईको प्रेम फैलदै गएको छ । पारिवारिक सूत्रले दिएको जानकारीअनुसार उनीहरुको विवाह अर्को वर्ष अर्थात २०७७ मा हुने लगाभग पक्का भएको छ । खतिवडा सन् २०१८ की मिस नेपाल हुन् । यो जोडीको प्रेम सम्बन्धको चर्चा भने श्रृंखला मिस वल्र्डको लागि चीन जानुभन्दा अघि मकवानपुरमा तयार पारेको एक डकुमेन्ट्रीका कारण सुरु भएको थियो ।

खतिवडा र बानियाँ देश तथा विदेशको यात्रामा समेत प्रायः सँगै देखिने गरेका छन् । यो जोडी केही समय पहिले टर्कीको इस्तानबुल पुगेका थिए । त्यहाँ घुमफिर गरिरहेको तस्विरहरु खतिवडा र बानियाँले आफ्ना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । यति मात्रै होईन उनीहरु युरोप भ्रमणमा पनि निस्केका थिए । उनीहरुको प्रेम सम्बन्धको चर्चा अहिले खुलस्त भइरहेको भए पनि यी दुईले भने आधिकारीक जानकारी दिएका छैनन् ।

टर्कीमा रहँदा यो जोडीको एक तस्बिर बाहिरिएको थियो, जहाँ श्रृंखला सिसनको अंगोलामा थिईन् । यी दुईले भने गहिरो सम्वन्धमा रहेको बजारको चर्चालाई गसिपको रुपमा चित्रण गर्दै आएका छन् । श्रृंखलाले त आफु सिंगल रहेको बताउँदै आएकी छिन् । तपाँलाई जानकारी गराउँ श्रृंखलाका बुवा–आमा दुवै नेकपा ९हेटौडा० बाट सांसद हुन् । उनको बुवा प्रतिनिधि सभा सदस्य विरोध खतिवडा र आमा मुनु सिग्देल खतिवडा बागमती प्रदेश सांसद हुन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!