कुवत १८ माघ । नेपालबाट परिवारलाइ खुशी राख्न कामदारकाे रूपमा कुवेत पुगेका एक नेपालीको ज्यान गएको छ । कुवेतको फाहिलमा सडक पार गर्ने क्रममा एक नेपालीको ज्यान गएको हो । उनी वैदेशिक रोजगारीका लागि कुवेत पुगेका थिए । सुनसरी इटहरी २ का ३६ वर्षीय अम्बर वहादुर श्रेष्ठको निधन भएको कुवेत स्थित नेपालीले जनाएका छन् । कुवेतमा वैदेशिक रोजगारीका लागि गएका अर्जुन गुरुगंले घ टनावारे जानकारी गराएका हुन् ।
श्रेष्ठ तीन वर्ष अघि कुवेत वैदेशिक रोजगारीका लागि पुगेका थिए । पछिल्लो केही समय यता उनी कम्पनी छोडेर अवैधानिक रुपमा बस्दै आएको बुझिएको छ । शुक्रवार विहान करिब ५ वजे उनी सडक पार गर्न लागेका थिए । कुवेत स्थित फर्वानिया अस्पतालमा उनको श व राखिएको छ । कुवेत स्थित नेपाली दुतावासले उनको परिवारका सदस्यसंग सम्पर्कको पहल गरिरहेको जनाएको छ । परिवारको सम्पर्क पछि श व नेपाल फर्काउने प्रकृया सुरु गर्ने दुतावासले जनाएको छ ।
जयपुरमा ‘समुदाय मनोविज्ञान’ सम्मेलन : समाजमा मानसिक सुस्वास्थ्यको अवस्था कमजोर हुँदै
विश्वमा ‘समुदाय मनोविज्ञान’को अवस्था र चुनौतीको विषयमा छलफल गर्न भारतको जयपुरमा ‘समुदाय मनोविज्ञान’ सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा शुरु भएको छ । सम्मेलनमा सहभागी विभिन्न देशका विज्ञ तथा मनोविद्ले समेत समाजमा मानसिक स्वास्थ्य कमजोर हुँदै गएको निष्कर्ष निकालेका छन् ।
भारतीय समुदाय मनोविज्ञान सङ्घ, सेन्ट बेलफ्रिड क्याम्पस र संस्कृति क्याम्पसको संयुक्त आयोजनामा भएको उक्त सम्मेलनमा नेपालसहित, भारत, श्रीलङ्का, इथियोपिया, जापान, अमेरिकालगायत देशका विज्ञको सहभागिता छ ।
समाज स्वस्थ भयो भने व्यक्ति स्वस्थ हन्छ । व्यक्ति स्वस्थ भयो भने मुलुक स्वस्थ हुन्छ तर समुदाय मनोविज्ञानमा ध्यान नपुग्दा समाजमा मानसिक अस्वस्थ्यता बढ्दै गएको विज्ञ बताउँछन् । सहभागी विज्ञले विश्वव्यापी ज्ञानलाई स्थानीयकरण गरेर लागू गर्नुपर्नेमा टड्कारो आवश्यकता औँल्याएका छन् ।
भारतीय समुदाय मनोविज्ञान सङ्घका महासचिव रामजी लाल विश्वमा भइरहेको सामुदायिक मनोविज्ञानको अवस्थाका बारेमा छलफल गरी समुदायका लागि मनोविज्ञान कति जरुरी छ भन्ने विषय प्रष्ट्याउन सम्मेलनको आयोजना गरिएको बताउनुभयो । मनोविज्ञानको एउटा
व्यवहारिक विधा ‘समुदाय मनोविज्ञान’ हो । यसले बहुआयामिक क्षेत्र समेटेको हुन्छ । समाजशात्र, मानवशात्र, संस्कृति र मनोविज्ञानसँग जोडिएको उक्त विषयले व्यक्तिको व्यक्तित्व विकासमा कस्तो प्रकारको असर पर्दछ भन्नेबारेमा अध्ययन गर्छ । व्यक्ति, समाज र संस्कृतिले व्यक्तिको समग्र व्यवहार र व्यक्तित्व विकासमा प्रभाव पार्छ । व्यक्तिले त्यहीअनुसार सकारात्मक र नकारात्मक व्यवहार प्रदर्शन गर्दछ ।
भारतका शिक्षाविद् डा नीरज के पवन भन्नुहुन्छ, “समाजमा कुनै पनि द्वन्द्व निम्तिन्छ भने त्यसलाई मनोविज्ञानले समाधान गर्न सहयोग गर्छ, त्यसैले समाजको मनोविज्ञान बुझ्नुपर्छ ।” मनोविज्ञानलाई किताबबाट बाहिर निकालेर जनव्यवहारमा लागू गर्न सके साँच्चै सार्थक हुनेमा उहाँको जोड छ ।