Saturday, April 17, 2021
Home > Uncategorized > कैलालीमा शंकास्पद दुर्घटना, मोटरसाइकल चालकको ज्यान गयो, परिवारले लाश उठाउन मानेनन्

कैलालीमा शंकास्पद दुर्घटना, मोटरसाइकल चालकको ज्यान गयो, परिवारले लाश उठाउन मानेनन्

माघ १८, २०७६ कैलाली : शंकास्पद दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएपछि लम्की त ना व ग्र स्त भएको छ। लम्कीचुहा नगरपालिका वडा नम्वर लुहारपुरका २२ बर्षीय युवक मायाराम चौधरीको गएराती ११ बजेतिर सडक दु र्घ ट नामा परी मृ त्यु भएपछि उनका आफन्तहरुले ठ क्क र दिने सवारीचालकलाई प क्रा उ गर्न माग राख्दै सडक ठ प्प पारेका छन्। तर प्रहरीले भने मोटरसाईकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको शँका गरिएकाे छ ।

दुर्घटनामा चालककै लापरवाही भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ। दोषीलाई का र वा ही मा ग गर्दै रातीदेखि नै पीडित परिवार र स्थानीयले पूर्व–पश्चिम राजमार्ग अबरुद्ध पारेका छन्। राजमार्ग अवरुद्ध हुँदा अहिले पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्वतर्फ जाने सवारीसाधनहरु बीच बाटोमै अलपत्र परेका छन्। चौधरीले चलाएको से २ प १८५० नम्बरको मोटरसाईकल दुर्घ टना हुँदा निजको घटना स्थलमै मृ त्यु भएको हो।

चौधरीको श व अहिले बीच बाटोमै अलपत्र छ। उनले चढेको मोटरसाइकल सडकमा पल्टिएको छ। मोटरसाइकललाई ठ क्क र दिने गाडीको पहिचान नभएसम्म श व नउठाउने चौधरीका आफन्तले अडान लिएका छन्। मृ त क चौधरीका श्रीमती र एक नाबालक छोरा रहेको खुलेको छ। राति १२ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक यात्रुबाहक बसका चालकले मोटरसाइकल र श वलाई देखेपछि प्रहरीमा खबर गरेका थिए।


केहि तस्विरहरू हेर्नुहाेसः

Leave a Reply