Friday, May 27, 2022
Home > अपराध > १८ बर्षिया सम्झनाकाे चन्द्रनिगाहपुरबाट अायो एसिड अाक्रमणकाे यस्तो दुःखद खबर

१८ बर्षिया सम्झनाकाे चन्द्रनिगाहपुरबाट अायो एसिड अाक्रमणकाे यस्तो दुःखद खबर

काठमाडौँ – आफ्नै घरमा सुतिरहेका बेला एसिड आक्रमणमा परेर घाइते रौतहट चन्द्रनिगाहपुर नगरपालिकाकी सम्झना कुमारी दासको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । १८ वर्षीया सम्झना र उनकी १५ वर्षीया बहिनी सुस्मितालाई गत भदौ २६ गतेराति (तिजको दरखाने दिन) एसिड प्रहार गरिएको थियो ।

एसिड आक्रमणबाट घाइते उनको हाल काठमाडौँमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । तर उनको अवस्था भने अत्यन्त चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

शल्यक्रियापछि बहिनी सुस्मिताको स्वास्थ्यमा केही सुधार आएको भएपनि दिदी सम्झनाको अवस्था भने चिन्ताजनक रहेको हो ।
सम्झनाका बुवा जादोलालले पनि छोरीको अवस्था चिन्ताजनक भएको भनेर डाक्टरले जानकारी दिएको बताए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!