Saturday, April 17, 2021
Home > भिडियो > पहिलोचोटी इन्द्रेणीले यसरी दिल्लीबासी नेपालीहरूलाई तताए, यस्तो भव्य साँगेतिक कार्यक्रम हेर्न छुटाउनुहोला नि! (भिडियो हेर्नुस्)

पहिलोचोटी इन्द्रेणीले यसरी दिल्लीबासी नेपालीहरूलाई तताए, यस्तो भव्य साँगेतिक कार्यक्रम हेर्न छुटाउनुहोला नि! (भिडियो हेर्नुस्)

मदन भण्डारी स्पोर्ट्स एकेडेमी इंडिया, पहिलो क्रिकेट च्याम्पियनसिप २०१९ काे पुरस्कार वितरण समारोह एवम् साँस्कृतिक कार्यक्रममा आफ्नो सुमधुर प्रस्तुति पस्कन जानु भएका इन्द्रेणी समाजका सँयोजक कृष्ण कँडेल लगायतका टीमहरूले दिल्लीमा नेपाली लोक सँस्कृतिको पहिचान झल्काउने गीत गाएर दिल्लीबासी नेपालीहरूलाई तताएका छन् । दिल्लीमा रहेका नेपालीहरूकाे खुशी यति धेरै छल्किएको थियो कि भिडियो हेरेपछि सारा नेपालीहरू नै खुशी हुनुहुनेछ ।

भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्य लगायत विशिष्ट ब्यक्तित्वहरूको उपस्थितिमा बिजेता तथा उपविजेता टीमहरूलाई पुरस्कार वितरण तथा सम्मान पत्र सहित वितरण कार्यक्रम सब्य र भव्य रूपमा सम्पन्न भएकाे थियो । कार्यक्रममा इन्द्रेणी टीमबाट जानु भएका सबै कलाकारहरूले शुरूमै नेपाली राष्ट्रिय गीत गाएर नेपाली हुनुको गर्व प्रस्तुत गरे । यसो भनुँ नेपाल र नेपालीकाे शीर उँचो राख्ने काम गरेका थिए ।

नेपालमा दुःखी पीडितहरूलाइ समेत यिनै नेपाली लोक तथा दोहोरी गीतहरूको गायनकै माध्यमबाट करोडाै रूपैयाँ सँकलन गरि उनिहरूकाे चहर्याइरहेको घाउमा मल्हम लगाउन सफल इन्द्रेणी समाज तथा इन्द्रेणी टीम यतिबेला दिल्लीमा एेतिहाँसिक कार्यक्रम गर्न सफल भएका छन् । यति रमाइलो कार्यक्रम सायदै दिल्लाीमा र इन्द्रेणीको इतिहाँसमै सफल रहेका इन्द्रणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेल बताउनु हुन्छ ।

हेराै यस्तो रमाइलो कार्यक्रमकाे भिडियोः

दिल्लीका केहि तस्विरहरू हेर्नुहाेसः

Leave a Reply