Friday, April 16, 2021
Home > अन्तराष्ट्रिय > दुःखद हवाई दुर्घटना, दुई अमेरिकी सैनिकको मृ त्यु

दुःखद हवाई दुर्घटना, दुई अमेरिकी सैनिकको मृ त्यु

वासिङ्टन, १६ माघ । अमेरिकी रक्षा मन्त्रालयले गत साता अफगानिस्तानमा भएको अमेरिकी सैनिक बिमान दुर्घटनामा आफ्ना दुई सैनिकको मृ त्यु भएको जनाएको छ । रक्षा मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा अफगानिस्तानको गज्नी प्रान्तमा बम्बार्डियर इ–११ ए कलसाइन भएको सैनिक बिमान दुर्घटनाग्रस्त भएको उल्लेख छ । तालिबान ल डा कू सक्रिय रहेको उक्त प्रान्तका तालिबान समूहहरुले आफूहरुले बिमान खसालेको दाबी गर्दै आएका थिए ।

तर अमेरिकी सेनाले उक्त सैन्य बिमान प्राविधिक त्रुटीका कारण दुर्घटनामा परेको हो वा ता लिबानी आ क्रमणको निशानामा परेको हो भन्ने केही खुलाएको छैन । अमेरिकी रक्षा मन्त्रालयले बिमान दुर्घटनाका बारेमा अनुसन्धान शुरु गरिएको जनाएको छ । अफगानिस्तानमा अझै पनि करिब १२ हजार अमेरिकी फौज तैनाथ छन् । अमेरिकी सेनाले हाल अफगान सैनिकलाई तालिम, परामर्श र हवाई सेवा उपलब्ध गराइरहेको छ ।

जर्मनीको डच बाहनले रेल परियोजनामा १२ अर्ब युरो लगानी गर्ने

एजेन्सी, १६ माघ । जर्मनीको सरकारी रेल सेवा डच बाहन(डिबी) ले सन् २०२० मा रेलवे पूर्वाधार निर्माणमा करिब १२ अर्ब २० करोड युरो (करिब १३ अर्ब ४३ करोड अमेरिकी डलर) लगानी गर्ने योजना अघि सारेको छ । डिबीका पूर्वाधार निर्माण निर्देशक रोलान्ड पोफाल्लाले जर्मनीमा रेलवे सेवाको सुधारका लागि एकै वर्षमा यतिठूलो लगानी गरिएको यो पहिलो भएको बताए ।

सन् २०२० मा डच बाहनले जर्मनीमा एक हजार ८०० किलोमिटर रेलवे ट्राक र एक हजार ९०० भन्दा बढी स्वीच पुनः सञ्चालनमा ल्याउने जनाएको छ । यसबाहेक, १६० वटा पुल र ८०० भन्दा बढी ट्रेन स्टेशनलाई आधुनिक बनाइने छ । डिबीले सन् २०२० का लागि मात्र दुई हजारभन्दा बढी दक्ष कामदार नियुक्त गरिने बताएको छ ।

जर्मन सरकार र डिबीबीच हालै मात्र वित्तीय लगानी सम्बन्धी सम्झौता भएको थियो । जर्मन सरकारले सन् २०३० सम्ममा जर्मन रेल सेवाको मर्मत सुधार र आधुनिकीकरणका लागि ८६ अर्ब युरो लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ । जर्मनीका अर्थमन्त्री ओलाफ सोल्जले वर्तमान सरकारले पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिएको बताउँदै डच बाहनले रेल सेवालाई अत्याधुनिक र गुणस्तरीय बनाउन सम्पूर्ण शक्ति लगाउने विश्वास व्यक्त गरे ।

Leave a Reply