Friday, April 16, 2021
Home > रोचक > प्रिय पुरुष महानुभावहरू… कृपया ध्यान राखौं, सम्बन्धमा रहेका ५० प्रतिशत महिलाले अर्को पुरुष ‘ब्याकअप’ राख्छन्

प्रिय पुरुष महानुभावहरू… कृपया ध्यान राखौं, सम्बन्धमा रहेका ५० प्रतिशत महिलाले अर्को पुरुष ‘ब्याकअप’ राख्छन्

काठमाडौं। सम्बन्धमा रहे पनि ५० प्रतिशत महिलाले छुट्टिनुअघि नै ब्याकमा अर्का साथी तयार पार्ने गरेको एउटा अध्ययनले देखाएको छ ।तत्कालको सम्बन्ध टुटे पनि त्यसपछिका लागि त्यसरी पुरुष साथी तयार पार्ने गरेको अध्ययनले जनाएको डेली मेलले लेखेको छ । यो दोस्रो योजना अन्तर्गत उनीहरुले दिमागमा राख्ने गरेको पनि दाबी गरिएको छ ।बिहे गरेका महिलाले त्यसरी अतिरिक्त पुरुषसँगको सम्बन्ध पनि कायम राख्ने गरेको अध्ययनको नतिजा छ ।

तर त्यसरी ब्याकपमा बस्ने पुरुष कस्ता हुन्छन् ? अध्ययनको तथ्यांकअनुसार त्यस्ता पुरुष पुराना साथी धेरै हुने गरेको पाइएको छ । जोसँग सम्बन्धित महिलाको नजिकको भावनात्मक सम्बन्ध पनि हुन्छ । योसँगै पूर्वप्रेमी, पूर्वपति पनि हुन सक्छन् । सहकर्मी वा महिलाका जीम सेन्टरलगायतमा भेटिएका साथी पनि हुन सक्छन् ।

यो सर्वेक्षणमा एक हजार महिलासँग कुराकानी गरिएको थियो । यस्तो सर्वेमा अर्को योजनामा राखिएका साथी केही लामो समय अथवा ७ बर्षअघिसम्मको चिनजानका हुने गरेको हुन् । अध्ययनमा आएका १० प्रतिशत महिलाले त अतिरिक्त योजना भइसकेको स्वीकार गरेका थिए, अहिले कायम रहेको पनि उल्लेख गरे ।

१० जनामा ४ जना भन्दा बढीले त पारिवारिक रुपमा नै कुराकानी भइरहेको पनि उल्लेख गरे । सानो प्रतिशतमा महिलाले त्यस्ता साथी भेटिएको पनि कुराकानीको दौरानमा बताए ।डेली मेलमा प्रकाशित भएको अध्ययनअनुसार १२ प्रतिशत भन्दा बढी महिलाले हालको सम्बन्धमा रहेका पतिभन्दा पनि अतिरिक्त सम्बन्धका लागि तयार भएका व्यक्तिले उनीहरुको भावना राम्रोसँग बुझेका छन् ।

कतिपय महिलाले चाहिँ आफ्ना ब्याकप पार्टनर आफ्नै पतिका साथी समेत भएको उल्लेख गरेका छन् । अनपोल डटकमले तयार पारेको सर्वेक्षणले यस्तो नतिजा निकालेको हो । त्यसका बजार व्यवस्थापक तथा प्रवक्ताले भनेका छन्,‘यो अध्ययनको नतिजाले केहीलाई अचम्मित

बनाउन सक्छ ।’एउटा भनाई छ– घाँस जहिल्यै हरियो हुँदैन । यो आजको महिलाका लागि उपयोगी भनाई होइन । घरवारको समयमा जे पनि हुन सक्ने सम्भावना भएकाले आजका महिलाले अतिरिक्त योजनामा अर्का पुरुष राखेका हुन सक्छन् । फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल अर्को योजनामा रहेका मानिससँग सम्पर्कमा रहन सरल माध्यम हुन् ।

Leave a Reply