Friday, April 16, 2021
Home > समाज > हुम्लामा घट्यो यस्तो दुःखद घटनाः यसरी बन्यो ८ जनाको एउटै चिहान

हुम्लामा घट्यो यस्तो दुःखद घटनाः यसरी बन्यो ८ जनाको एउटै चिहान

माघ १५, काठमाडौं । लगातारकाे प्राकृतिक विपत्तिका कारण हुम्ला जिल्लामा गत पुस २८ गतेदेखि यही माघ दोस्रो हप्तासम्म आठ जनाको निधन भएको छ । दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा दुई, सर्केगाड गाउँपालिकामा एक र चङ्खेली गाउपालिकामा पाँचको मृ त्यु भएको हो । हिमपात बढी हुने हुँदा दम, खोकी, निमोनिया र छाती सुन्निनेलगायत कारण मृ त्यु भएको हुन सक्ने सर्केगाडका वडाध्यक्ष गजबहादुर राउतले फोनमार्फत जानकारी दिनुभयो ।

करीब तीन फिटसम्म बाक्लो हिमपात हुँदा जनजीवन कष्टकर हुनाका साथै कार्यालयमा काम गर्न कठिन भएको सहायक प्रजिअ दत्तराज हमालले जानकारी दिनुभयो । हिमपातका कारणले करीब एक महिनादेखि टेलिफोन र विद्युत् सेवामा अवरोध हुनाका साथै खाद्यान्न आपूर्तिमा समस्या भएको छ । त्यस्तै बैंक कारोवार पनि ठप्प भएको राष्ट्रिय वाणिज्य बैंक हुम्लाका प्रबन्धक सविता शाहीले जानकारी दिनुभयो ।

अधुरै रह्यो गरिब परिवारमा जन्मिएका केशरको कोरिया गएर घरको आर्थिक स्थिति सुधार्ने सपना

सुर्खेत : कालिकोट महावै गाउँ पालिका-३ सिमखेतका २० वर्षीय केशरसिंह ठकुरीको कोरिया जाने सपना थियो। विपन्न परिवारमा जन्मिएका उनले कोरियामा गएर घरको आर्थिक स्थिति सुधार्ने सपना देखेका थिए। कोरिया जानकै लागि उनी सुर्खेत झरे। घरको जेठो सन्तान भएका कारण उनीमाथि घर खर्च चलाउने जिम्मेवारी थियो। गाउँमै कक्षा १२ सम्मकाे अध्ययनपछि रोजगारीको खोजीमा लागे उनी।

सुर्खेत झरेपछि उनले रोजगारीका लागि केही समय इन्डियन आर्मीको पनि तयारी गरे। तर, आर्मीमा सफल हुन सकेनन्। इन्डियन आर्मीमा असफल नभएपछि उनले कोरिया जाने सपना बुने। कोरिया जानकै लागि विरेन्द्रनगरमा बसेर कोरियन कक्षा लिन थाले। उन का दाइ कलमकुमार सिंहका अनुसार केशर मंगलबार घरमा पुर्‍याउने सामान लिन बजार आएका थिए। घरमा पठाउने सामान लिएर बागेंसिमल तर्फ फर्कँदै गर्दा भे१ख २२४२ नम्बरको टिप्परले उनको कोरिया सपना सदाका लागि समाप्त पारिदियो। टिप्परले उनको आधा शरीर नै क्ष’तविक्षत पारिदियो।

केशरको ज्यान लिने टिप्पर चालकलाई कारबाहीको माग गर्दै उनका आफन्तले दिनभर विरेन्द्रनगरमा प्र’दर्शन गरे। परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै उनीहरुले ठाउँठाउँमा प्रदर्शन गरे। तर प्रशासनले बल प्रयोग गरेर केशरको शव प्रदेश अस्पतालमा पुर्‍यायो। बल प्रयोग गरेर शव उठाएपछि विरेन्द्रनगर थप तनावग्रस्त बनेको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले गोली प्रहार गरेको छ भने सुर्खेतमा क’र्फ्यू नै लगाएको छ।

Leave a Reply