Tuesday, April 20, 2021
Home > राशिफल > ०७६ माघ १६ गते बिहिबार ई. स. २०२० जनवरी ३० तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

०७६ माघ १६ गते बिहिबार ई. स. २०२० जनवरी ३० तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

आजको पञ्चाङ्ग – वि. सं. २०७६ माघ १६, बिहीबार, इ.स. २०२० जनवरी ३०, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, शिशिर ऋतु, ने. सं. ११४० सिल्लाथ्व, माघ शुक्लपक्ष, पञ्चमी, १०:५२ उप्रान्त षष्ठी, नक्षत्र– उत्तरभाद्रपदा, १३:१९ बजेउप्रान्त रेवती, योग– सिद्ध, २७:३८ बजेउप्रान्त साध्य, करण– वालव, १०:५२ बजेदेखि कौलव, २३:५७ बजेउप्रान्त तैतिल, आनन्दादिमा छत्र योग, चन्द्रराशि– मीन,सूर्योदय– ६:५४ बजे,

सूर्यास्त– १७:४१ बजे र दिनमान २६ घडी ८ पला। पञ्चक। व्रत/पर्व-वसन्त पञ्चमी (श्रीपञ्चमी), वसन्त श्रवण, सरस्वती पूजा, रति–काम पूजा, हलसाराे गर्ने दिवस। शहीद दिवस, सर्वार्थसिद्धि योग १३:१९ बजेदेखि।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पहिलेका सहयोगी भने प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन्,टाढिएका साथीभाइ नजिकिनाले सुखदुःखमा साथ पाइनेछ, स्थितिमा सुधार आउनाले धेरै काम बन्नेछन्,आजको शुभ अंक १२ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – पारिवारिक आवश्यकता पूरा गर्न सकिनेछ,साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्, परिस्थितिको बन्धनमा परिने समय छ,हिम्मतले काम लिनेहरूलाई भने फाइदै हुनेछ, आजको शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) – फसिने डरले सताउन सक्छ, झगडा पनि हुनसक्छ,पारिवारिक जमघटमा मन रमाउनेछ, चौपाया दोपायाबाट आंशिक फैदा हुनेछ,नयाँ काम र जिम्मेवारी मिल्नेछ,काममा विलम्ब र खर्च बढ्ने योग छ,आजको शुभ अंक १० रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,सामान्य काम र उद्देश्यविहीन भ्रमणमा बढी समय बित्न सक्छ,गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला,प्रयत्न गर्दा प्रतिस्पर्धीहरूलाई हराउन सकिनेछ,आजको शुभ अंक ८ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – धैर्यले काम लिन सकिनेछ, लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ,गोपनीयतामा ध्यान दिनुहोला,प्रयत्न गर्दा विदेश यात्राको अवसर समेत जुट्न सक्छ, बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ,आजको शुभ अंक ८ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – सुरुमा काम बन्नुका साथै प्रशस्तै आम्दानी हात पर्नेछ, केही चुनौती देखिए पनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ,अधुरा कामहरू बन्नेछन्, आजको शुभ अंक ११ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – श्रमको प्रतिफल कमैमात्र हातलागी हुनेछ,बलजफ्ती गर्दा थप समस्या आउन सक्छन्,विश्वास गुम्ने सम्भावना छ,सचेत रहनुहोला,द्योग–धन्दामा विशेष सफलता पाइनेछ,आजको शुभ अंक १ रहेको छ ल

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु) – राजनीति र नोकरीमा लाग्नेहरूलाई फाइदा हुनेछ,लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ, अनुभवले ज्ञानको दायरा बढ्नेछ,निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ,आजको शुभ अंक ९ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – सुरुमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ,आफन्तबीच अविश्वास बढ्ला,सचेत रहनुहोला,गोप्य रहस्य पत्ता लाग्नेछ,आजको शुभ अंक ५ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – नाम, दाम र इनाम हातपार्ने समय छ,कामको बोझ थपिनेछ,धार्मिक क्रियाकलापमा बाधा हुनेछ,बिचार गरेर गर्द पनि अरुसँग नरामरो हुने योग छ,आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ,आजको शुभ अंक ७ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,पेटको गडबडीले सताउन सक्छ,सचत रहनुहोस्,सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्नेछ,मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ,आजको शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ,पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ, कम्जोर अनुभूति हुनेछ,गोप्य रहस्य पत्ता लगाउन सफल भइने छ,कुनै पनि काम गर्दा घर सल्लाह गर्दा राम्रो छ,आजको शुभ अंक ६ रहेको छ।

Leave a Reply