Tuesday, April 20, 2021
Home > जीवनशैली > चितवन प्रमिला काण्डः प्रमिलाले धोका दिएपछि छोराछोरीकाे भविष्य बनाउन साउदी लाग्दै गर्दा यसरी भक्कानिएर रोए सन्तोष (भिडियो)

चितवन प्रमिला काण्डः प्रमिलाले धोका दिएपछि छोराछोरीकाे भविष्य बनाउन साउदी लाग्दै गर्दा यसरी भक्कानिएर रोए सन्तोष (भिडियो)

माघ १४, काठमाडौं । चितवनमा केही समय चर्चित भएको सन्तोष र प्रमिलाको घटनाले अब नयाँ मोड लिएको छ । श्रीमतीले घर छोडेर हिडेको खबर पाएपछि साउदीवाट इमरजेन्सी टिकटमा नेपाल आएका सन्तोष फेरी साउदी फर्किएका छन् । विदेशमा कमाएको सम्पत्ती समेत लिएर अर्कैसंग गएकी प्रमिला र उनका प्रेमी अहिले हिरासतमा छन् । सन्तोषले कमाएको सम्पत्ती समेत लिएर हिडेको भनिएकी प्रमिला ३५ दिन पछि फेला परेकी थिइन् ।

उनी वर्दियाको अर्का ब्यक्तिसंग एउटा कोठामा फेला परेकी थिइन् । साउदीमा काम गरेर कमाएको सम्पत्ती समेत लिएर गएको भनिएकी प्रमिलालाई सन्तोषले वहुविवाहको मुद्दा दायर गरेका थिए । उनीहरु अहिले प्रहरी हिरासतमा छन् । श्रीमतीले धोका दिएपछि सन्तोष फेरी छोराछोरीको भविष्य बनाउन भन्दै फेरी साउदी हिडेका छन् । उनका दुई छोराछोरी अब एक्लिएका छन् ।

कमाएको सम्पत्ती पनि सकिएपछि उनी अब छोराछोरीको भविष्यका लागि फेरी साउदी जान लागेको उनले बताएका छन् । उनको विषयमा सामाजिक सञ्जाल र युट्युवमा भिडियो सार्वजनिक भएका कारण अहिले उनलाई धेरैले चिनेका छन् । साउदी जान लागेका सन्तोषलाई विदाई गर्न उनका घरमा धेरै ब्यक्ति पुगेका छन् । केही युट्युव संचालकहरु पनि सन्तोषलाई विदाई गर्न घरमै पुगेका थिए ।

तर प्रहरी हिरासतमा रहकी प्रमिलाले भने एक पटक सन्तोषलाई भेट्न चाहेको कुरा खुलेको थियो । उनले आफ्नो जिवनमा भएका केही कुरा नखुलाएका कारण अहिले यस्तो अवस्था आएको भन्दै उनले केही कुरा खुलाउन चाहेको कुरा बाहिर आएको छ । सन्तोषले पनि त्यो कुरा थाहा पाएको बताएका थिए । प्रमिलाले मलाई केही कुरा भन्न चाहेको भन्ने कुरा मैले पनि सुनेको छु, सन्तोषले भने, केही कुरा होला उनले भन्न चाहेको ।

अब म फेरी विदेश जाँदैछु । उनले आफु विदेश जाने दिन आइसकेकाले प्रमिलालाई भने भेट्न जान नपाएको बताएका छन् । प्रमिलालाई लिएर जाने सुरेश परियार पनि वैदेशिक रोजगारीका लागि विदेशमै थिए । सुरेश विदेशवाट आएर प्रमिलालाई लिएर गएका थिए । सुरेशको पनि दुई छोराछोरी र श्रीमती छन् ।

भिडियो हेर्नुहाेसः

Leave a Reply