Friday, April 16, 2021
Home > भिडियो > भगवानले आँखा दिएनन्, तर अचम्मको कला दिए… हेर्नुस् ९ जना दृष्टिबिहिनहरुको यो भिडियो भयो रातारात भाईरल (भिडियो सहित)

भगवानले आँखा दिएनन्, तर अचम्मको कला दिए… हेर्नुस् ९ जना दृष्टिबिहिनहरुको यो भिडियो भयो रातारात भाईरल (भिडियो सहित)

दृष्टिबिहिनहरु पनि अन्य सामान्य मानिसहरु जस्तो कुनै कुरामा कम छैनन् भन्ने कुरा केहि सँगीतप्रेमी दृष्टिबिहिनहरुले प्रमाणित गरेका छन् । युटुब दुनियाँमा नयाँ प्रकारको युटुब च्यानल खोल्दै आफ्नो कला देखाउन थालेका लाईभ म्युजिक नेपालका ९ जना दृष्टिबिहिनहरुको कलालाई उजागर गर्न शिशिर भण्डारीले आफ्नो युटुब च्यानलमा ल्याए ।

सँगीतका बिभिन्न पाटोमा सँलग्न भई सँगीतमै भविष्य खोजिरहेका यि दृष्टिबिहिनहरुको भिडियो युटुब र फेसबुकमा रातारात भाईरल भैरहेको छ । उनीहरु पुराना नेपाली गीतहरुमा लाईभ म्युजिक बजाउँदै दर्शक र स्रोताको मन जित्ने गर्दछन् । कुरा गर्दै गर्दा उनीहरुले आफुहरुलाई निक ठुलो समस्या रहेको पनि बताए ।

भिडियो हेर्नुस:

उपत्यकामा डकैती गर्ने गिरोहका ६ जना १८ लाख नगद सहित पक्राउ

काठमाडौं- प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा डँकैती गर्ने गिरोहलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानमा रहेर डँकैती गर्ने कार्यमा संलग्न छ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङका भीमबहादुर घर्तीमगर, नुवाकोटका नकुर तामाङ, रसुवाका दावा छिरिङ तामाङ र तेन्जिङबहादुर तामाङ, रामेछापका कुमारबहादुर बुढाथोकी र काठमाडौँका २८ वर्षीय सञ्जित वाइवा रहेका छन् ।

महाशाखाले आज पत्रकार सम्मेलन गरी विभिन्न बहाना बनाई प्रलोभनमा पारेर लाखौँ रकम ठगी गर्ने गिरोहलाई पक्राउ गरेको जानकारी दिएको हो । सो अवसरमा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले सिन्धुपाल्चोकका एक व्यक्तिसँग विभिन्न प्रलोभन पारेर रु ५० लाख लुटेर फरार रहेको समूहलाई पक्राउ गरिएको जानकारी दिए ।

“पीडित व्यक्तिलाई खुकुरी र फलामको लठ्ठी देखाई आँखामा खुर्सानीको धुलो छर्केर रु ५० लाख लुटपाट गरी फरार रहेको अनुसन्धानमा खुलेको छ”, उनले भने । प्रहरीले पक्राउ परेकासँग नगद रु १८ लाख ७५ हजार ५००, चोरीको मोटरसाइकल एक थान, मोटरसाइकल तीन थान, सुनको औँठी एक थान र विभिन्न कम्पनीका मोबाइल बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

Leave a Reply