Saturday, April 17, 2021
Home > समाचार > यस्तो दुःखद खबर, गुडिरहेका २ वटा ट्रक जुधेर ३ जनाकाे निधन, यस्तो घाइतेकाे विवरण… हेर्नुहाेस्

यस्तो दुःखद खबर, गुडिरहेका २ वटा ट्रक जुधेर ३ जनाकाे निधन, यस्तो घाइतेकाे विवरण… हेर्नुहाेस्

भैरहवा, १४ माघ । भैरहवा परासी सडकखण्डको रोहिणी गाउँपालिका ४ सुलिहवामा दुईवटा ट्रक एक आपसमा ठ’क्कर खाँदा ३ जनाको
घटनास्थलमै निधन भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव ज्ञवालीका अनुसार निधन हुनेमा नवलपरासी पाल्हीनन्दन ४ का ३० वर्षीय लालु कुर्मी, ३५ वर्षीय भविकन कुर्मी र सुनसरी चतरा का ३५ वर्षीय पूर्णबहादुर भुजेल रहेका छन् ।

भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवातर्फ आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दु’र्घटना भएको हो । एका बिहानै हुस्सु लागेको अवस्थामा ना २ ख ८४८१ नम्बरको ट्रकले ‘ओभरटेक’ गर्न खोज्दा दुर्घ’टना भएको बताइएको छ ।

घाइते मध्ये २ जना ग’म्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको भैरहवा भीम अस्पताल र युनिर्भसल मेडिकल कलेज अफ साइन्सेसमा (मेडिकल कलेज) उपचार भइरहेको छ ।बुटवल । ट्रक एकापसमा ठोक्किँदा रुपन्देहीको रोहिणी गाउँपालिका चार स्वीलिहवामा ३ जनाको निधन भएसँगै ९ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार तनहुँका विरेन्द्र गुरुङ, नवलपरासी पाल्हीनन्दनका मनिष धवल, शैलेश कुर्मी, त्रिभुवन हरिजन र अखिलेश यादवको भीम अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै नवलपरासी पाल्हीनन्दनका दुधही हरिजन, मोहन राय, विनोद धवल र सुवास कुर्मी मेडिकल कलेजमा उपचार भइरहेको छ।

भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवा आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक मंगलबार बिहान करिब साढे ५ बजे एकापसमा ठोक्किएका हुन् । मृतकको पहिचान हुन सकेको छैन । घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको रुपन्देही प्रहरीले जनाएको छ । घाइतेहरुको भैरहवा मेडिकल कलेज र भिम अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply