Sunday, September 20, 2020
Home > प्रवास > खाडीमा यसरी हुन्छन घरेलु महिलाहरु आफ्नै मालिकबाट बला त्कारको सिकार… हेर्नुहाेस

खाडीमा यसरी हुन्छन घरेलु महिलाहरु आफ्नै मालिकबाट बला त्कारको सिकार… हेर्नुहाेस

एजेन्सी, साउदी अरब । बिरानो देशमा चेलीको चित्कार‘साउदी अरबमा आएका नेपाली घरेलु कामदारको बारेमा सबैले जानकारी लिनुपर्ने महत्वपूर्ण कुरा के छ भने यी सबै महिला कामदार आफ्नो घर-गाउँको नाताको चिनेजानेको दलालको सहयोगमा राहदानी बनाइ भारतको बाटो हुँदै बम्बइ पुग्छन्। र, त्यहाँ म्यानपावर एजेन्टले भिसा उपलब्ध गराएपछि साउदी अरबलगायत खाडी मुलुकमा आउँछन्। केही अरुको राहदानी प्रयोग गरी आउने गरेका छन्।

अझै पनि नेपालमा यस्ता साेझा दिदिबहिनीहरू छन्, जाे पराइ केटाहरूले धनकाे प्रलोभनमा पारेर सजिलै फसाउन सक्छन् । यस्तत्र अवस्थामा धेरैले परिवारको सहमती नै नलिइ हिंडेका हुन्छन्। कसैले नगद २०-३० हजार रुपैंया आफूलाई पठाइदिने व्यक्ति वा दलाललाई बुझाएका हुन्छन् त कसैले नेपाल फर्किएपछि दिने बाचा गरेका हुन्छन्।

बम्बइको भारतीय एजेन्टले भिसा उपलब्ध गराएपछि धेरैजसो साउदी रियाल ४ सय (अर्थात झण्डै ८ हजार रुपैंया) मासिक तलबमा सहमती जनाइ साहुको घरमा काम गर्न पुग्छन् भने कोही रियाद्, दमाम, जेद्दा जस्ता शहरका महिला कामदार आपूर्ति केन्द्रमा आइपुग्छन्। त्यहाँबाट साउदी साहुले उमेर, जिउडाल, रुप, अरबी अंग्रेजी भाषाको ज्ञान भएको ननभएको आधारमा १२ हजारदेखि १६ हजार साउदी रियालमा खरिद गरी लैजान्छन्।

ती खरिद गरिएका घरेलु कामदारको काममा चित्त नबुझेमा साहुले आफ्नो रकम फिर्ता पाउन ती कामदारहरुलाई उक्त आपूर्ति केन्द्रमा केही समयका लागि छाडिदिन्छन्।त्यस अवधीमा अर्को साहुले ती कामदारलाई खरिद गरी लगेमा पहिलेको साहुको रकम फिर्ता हुन्छ। यस क्रममा कुनै महिला कामदारहरुले ७-८ साहुहरुको खरिदबिक्रीको साधन बनिसकेको सत्यतथ्य पनि व्यक्त गरेका छन्। किनेर ल्याएपछि उनिहरूले मनपरि गर्ने गरेकाे धेरै घटनाहरूबाट थाहा हुन्छ । यतिसम्मका हरेका पाहुनाहरू आउँदा समेत उनिहरूलाइ मनोरञ्जनकाे साधन बनाएर पेश गरिन्छ ।

आपूर्ति केन्द्रबाट पुन बिक्री हुन नसकेका वा बिरामी भइ काम गर्न नसक्ने कामदारहरुलाई सम्बन्धीत साहु र आपूर्ति केन्द्रले राजदुताबासको गेटमा लगी छाडिदिने गरेका छन्।’ अझै पनि साउदी अरबमा मान्छेलाइ यसरी पशु सरह किनबेच हुन्छ भन्ने कुरा विश्वलाइ थाहा हुदाहुदै नेपालले भने केहि पहल गर्न सकिरहेकाे अवस्था छैन ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!