Friday, July 16, 2021
Home > Uncategorized > मेरो अात्मालार्इ शान्ति चाहियो भन्दै दर्दनाक गित लिएर अाइन निर्मलाकै अात्मा… भिडियो हेर्नुस

मेरो अात्मालार्इ शान्ति चाहियो भन्दै दर्दनाक गित लिएर अाइन निर्मलाकै अात्मा… भिडियो हेर्नुस

कञ्चनपुर । १३ वर्षिय बालिका निर्मला पन्तको हत्या भएको दुई महिना पुग्न लाग्यो तर, अहिलेसम्म प्रहरीले बलात्कार र हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन ।प्रहरी स्वयंले अपराधसंग सम्बन्धित प्रमाण लुकाएको गुनासो बढिरहेको छ भने तेस्रो पटक गठन भएको उच्चस्तरिय छानविन आयोगले अनुसन्धान जारी राखेपनि हत्याको प्रमाण जुटाउन सकेको छैन । यसै सन्दर्भमा निर्मला हत्या सन्दर्भलाई जोडेर गायिका डिला विकले गीत सार्वजनिक गरेकी छिन् ।

‘निर्मला पन्तको आत्माले शान्ति पाउनु प¥यो ’ रबिन लामिछानेको शब्द संगीत रहेको उक्त गीतमा डिलाको स्वर रहेको छ । लोकभाकामा गाईएको उक्त गीतमा गीत मार्फत निर्मलाको हत्यारालाई कार्वाहीको दायरामा ल्याउन अपिल गरिएको छ । यसअघि बलात्कारीलाई कार्वाही गर्नुप¥यो भन्ने आशयको गीत गाएकी डिला महिला हिंसा विरुद्ध शसक्त गायिका मानिन्छिन् ।

लोक गीत सस्तो मनोरञ्जन भन्दा माथी उठ्नुपर्छ भन्ने मान्यता राख्ने डिला आफ्नो गीतले दर्शकलाई मनोरञ्जन मात्रै नभएर सन्देश पनि दिने धारणा राखिन् । भिडियो उत्तिकै राम्रो बनेको छ । रामजी प्रसाद पन्तको निर्देशनमा बनेको भिडियोमा प्रेम अर्याल र सुस्मिता सापकोटाले अभिनय गरेका छन् । उक्त गीतलाई युट्युबमा अहिलेसम्म १६ लाख बढी दर्शकले हेरेका छन् ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!