Monday, September 21, 2020
Home > अपराध > रेष्टुरेन्ट पछाडिबाट यस्तो गम्भीर अवस्थामा १६ जना पक्राउ

रेष्टुरेन्ट पछाडिबाट यस्तो गम्भीर अवस्थामा १६ जना पक्राउ

काठमाडौं । प्रहरीले गएराति धनगढी उपमहानगरपालिका–३ स्थित एक व्यक्तिको घरबाट नगदसहित १६ जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले प्रहरी टोलीले वडा नं ३ रोस हाउस रेष्टुरेन्ट पछाडि रहेको तिलक अधिकारीको घरमा जुवातास खेलाइराखेको अवस्थामा नगद रु २२ लाख ८२ हजारसहित जुवाडे पक्राउ गरिएको जानकारी दिनुभयो । बारम्बार यस्ता जुवाडे समातिएका समाचार बाहिरिदा पनि कम भएकाे छैन ।

पक्राउ पर्नेमा रवीन्द्र शाही, धिरेन्द्र चन्द, भुवन कुँवर, तिलक अधिकारी, रमेश खड्का, खेमराज भट्ट, जनक दौल्याल, सन्देश तामाङ, मोहन खड्का, अमित गुरु, प्रेमबहादुर सिंह, सूर्य भट्ट, कालुसिंह धामी, चन्द्रमणि अधिकारी, जयसिंह धामी र मङ्गल ठगुन्ना रहेका प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो ।

बैतडीमा छाउगोठ छैनन् तर छाउ बार्ने चलन कायमै

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले जिल्लामा छाउगोठ नरहेको जनाएको छ । गृह मन्त्रालयले गत पुस ८ गते छाउगोठ भत्काउन निर्देशन दिएपश्चात प्रशासनले तयार पारेको रिपोर्टमा छाउगोठ नरहेको पाइएको हो । स्मरण रहाेस हालसम्म छाउगोठकै कारण हजाराै युवा युवतीदेखि सुत्केरी महिलाहरूले समेत अकालमा आफ्नो ज्यान गुमाउनु परकाे छ ।

प्रशासन कार्यालयले प्रहरी युनिट, स्थानीय तह र सरोकारवालासँगको छलफलबाट छाउगोठ नरहेको पाइएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । निर्देनशनपश्चात छाउगोठ रहेनरहेका बारे तथ्याङ्क सङ्कलन गर्न सबै स्थानीय तह र सबै प्रहरी युनिटलाई पत्राचार गरिएको थियो ।

छाउ बार्ने चलन कायमैजिल्लामा छाउगोठ नरहेको भए पनि महिनावारी भएका बेला अलग्गै बस्ने तथा छाउ बार्ने चलन कायमै रहेको छ । यसका साथै महिनावारीका बेला दूध दहीसमेत खान नहुने कुप्रथा छ ।

किशोरीले पनि महिनावारीका बेला विद्यालय नजाने र मन्दिर प्रवेशसमेत गर्न नहुने अन्धविश्वास रहेको छ । महिनावारी भएका बेला चार दिनसम्म कुनै व्यक्तिलाई छुन नहुने र दूध दही खान नदिने गरेको डिलाशैनीका अमिता बोहराको भनाइ छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!