Sunday, September 20, 2020
Home > प्रवास > घर परिवारलाई खुशी दिउँला भनेर दुबई गएका दाङका एक युवकको मा लडेर मृ त्यु

घर परिवारलाई खुशी दिउँला भनेर दुबई गएका दाङका एक युवकको मा लडेर मृ त्यु

माघ १३, २०७६ दाङ : दाङका एक युवाको दुबईमा भवन निर्माणका क्रममा लडेर मृ त्यु भएको छ । दाङको बबई गाउँपालिका ५ बबरपुर बस्ने ३५ वर्षीय सोमराज वलीको दुबईमा भवन निर्माणका क्रममा लडेर मृ त्यु भएको स्थानीय प्रेम केसीले बताए। भवन निर्माणको क्रममा लडेर गम्भीर घाइते भएका वलीको उपचारको क्रममा मृ त्यु भएको बताइएको छ। करिब २ वर्ष पहिले रोजगारीको शिलशिलामा दुबई गएका वलीको यही माघ १२ गते मृ त्यु भएको हो।

करिब २ वर्ष पहिले रोजगारीको शिलशिलामा दुबई गएका वलीको यही माघ १२ गते मृ त्यु भएको हो। विदेशमा धन कमाएर जहान परिवार पालुँला, सुख र खुशी दिउँला भनेका वलीकाे सबै चहाना सपना बनेर खरानी बनेकाे छ । यस्ता सपना बोकेर नेपालबाट परदेशिने धेरै दाजुभाइ तथा दिदीबहिनीहरूले समेत अकालमै ज्यान गुमाएर पीडा थपिएकाे खबर हामीले दिन दिनै देख्न पाइन्छ । विदेशिनु बाध्यता बनेकाे नेपालीहरू युवाहरूकाे धेरैकाे यस्तै हविगत भएकाे छ ।

मेयर कप भलिबल प्रतियोगिता शुरु

कैलाली । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सुदुरपश्चिम प्रदेश स्तरीय गोदावरी मेयर कप भलिबल प्रतियोगीता कैलालीको अत्तरियामा शुरु भएको छ ।न्यु सृजनशील युवा क्लवको आयोजनामा सुरु भएको सो प्रतियोगिता आज गोदावरी नगरपालिकाका नगर प्रमुख हरी सिंह साउदले उद्घाटन गरेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख साउदले युवाहरुको दक्षता अभिवृद्रि गर्न नगरपालिका सदैव अग्रसर भएर लाग्ने वताए ।न्यु सृजनसिल युवा क्लबका अध्यक्ष नरबहादुर राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा न्यु सृजनशिल युवा क्लबका संस्थापक शर्मानन्द भट्टले स्वागत मन्त्व्य राखेका थिए।

कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्य उद्धवराज भट्टराई, नेकपा गोदावरी नगर कमिटिका अध्यक्ष गोकर्ण भट्ट, नेपाल भलिबल संघका सचिव जगदीश प्रसाद भट्टले शुभकामना मन्तव्य राखेका थिए ।प्रतियोगिताको विजेता टिमले नगद २ लाख १ हजार र १ सय ११, द्वितीय हुने

टिमले १ लाख १ हजार १ सय ११, तृतीय हुने टिमले २० हजार १ सय ११ र चतुर्थ हुने टिमले १० हजार १ सय ११ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता माघ १६ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा ९ ओटा टिमको सहभागिता रहेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!