Monday, September 21, 2020
Home > समाचार > गायिका आस्था राउत सिक्किमबाट फर्के लगत्तै प्रहरी परिसरमा पुगिन्, के हुन्छ अब? हेर्नुहाेस्

गायिका आस्था राउत सिक्किमबाट फर्के लगत्तै प्रहरी परिसरमा पुगिन्, के हुन्छ अब? हेर्नुहाेस्

काठमाडौँ, माघ १३ । अभद्र व्यवहार कसूरमा गायिका आस्था राउत विरुद्ध काठमाडौं जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेको एक सातापछि गायिका आस्था राउत आँफै सोमबार महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएकी छिन् । सोमबार बिहान आस्था आफन्तसँग महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएको बताइएको छ । आस्थाले झापा जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठलाई दुब्र्यबहार गरेको प्रहरीको आरोप छ ।

प्रहरी जवान रमिताले आस्थालाई तँ भनेको भन्दै आस्थाले झापाबाट फेसबुक लाइभमा सिंगो प्रहरी संगठनलाई नै तँ तँ र म म गर्दै आँफुले केही शब्द नराम्रा बोलेको भन्दै दोस्रो पटक लाइभमा आएर माफी माग्दै प्रहरीलाई पनि सुध्रिन आग्रह गरेकी थिइन् । सांस्कृतिक कार्यक्रममा भारतको सिक्किममा रहेकी गायिका राउत विरुद्ध काठमाडौं जिल्ला प्रशासन कार्यालयले मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा राउतविरुद्ध आइतबार पक्राउ पुर्जी जारी गरेको छ ।

यद्यपी गायिका राउतले प्रहरीलाई सहयोग गर्ने बताउँदै आएको र उनले नेपाल आए लगत्तै प्रहरीको सम्पर्कमा आएको स्रोतको भनाई छ । गत केहि दिन अगाडि काठमाण्डाैकाे विमानस्थलमा भएकाे काण्डले चर्चामा चुलिएकि गायिकाकाे अगाडिकाे कारवाही के हुने भन्ने बारे भने केहि खुल्न आएकाे छैन ।

नेपाल –भारत सीमा बैठक फागुनमा, समाधान होला त विवाद ?

काठमाडाैं माघ १३-कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सीमा विवादबारे नेपाल–भारत परराष्ट्रसचिवस्तरीय वार्ता फागुनमा हुने भएको छ । भारतीय नेतृत्वको विदेश मन्त्रालयमा नयाँ सचिव हर्षवद्र्धन श्रिंलाले जिम्मेवारी लिएसँगै वार्ता हुने जनाउ दिएपछि परराष्ट्र मन्त्रालय त्यसको तयारीमा जुटेको हो ।

मिति भने तय भएको छैन । दुई औपचारिक पत्र र पटक पटक अनौपचारिक छलफलपछि नेपाल हेर्ने डेस्कले फागुन अन्त्यसम्म बैठक बस्ने जानकारी दिएको परराष्ट्र अधिकारीको भनाइ छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!