Friday, April 16, 2021
Home > भिडियो > पोखरामा पनि अर्को घटना: २ छोरा छोडेर लक्ष्मी टाप, श्रीमान् रुदै मिडियामा कल डिटेलमा देखियो यस्तो (भिडियो)

पोखरामा पनि अर्को घटना: २ छोरा छोडेर लक्ष्मी टाप, श्रीमान् रुदै मिडियामा कल डिटेलमा देखियो यस्तो (भिडियो)

माघ १३, पाेखरा । लक्ष्मी परियारले आफ्ना नाबालक दुई छोराहरु फूपूकोमा पठाएर आफू बेपत्ता भएकी छन् । बाग्लुङ घर भई पोखरा महानगरपालिका १७ घारीपाटन बस्दै आएकी लक्ष्मी नेपाली गत माघ १ देखी बेपत्ता भएकी हुन् । श्रीमान् दलबहादुर बैदेशीक रोजगारीको क्रममा दुबई थिए । पौषको अन्तिम दिन दुई छोराहरुलाई फूपूको घर जाने बस चढाएर म बेलुका आउँछु भनेर हिडेकी लक्ष्मी अहिले सम्म बेखबर छिन् ।

उनको खोजिका लागी श्रीमान् बिदेशबाट समेत आए । खोज्नुपर्ने र जानु पर्ने ठाउँ सबै तिर गईयो तर केही पत्तो नलागेको दलबहादुर बताउँछन् । प्रहरीले फोन डिटेल समेत निकालेको छ । एक नम्बरबाट बारम्बार करिब दुई सय भन्दा बढि पटक फोन सम्पर्क भएको देखिएको दलबहादुर बताउँछन् ।

श्रीमतिकाे मोबाइलबाट भएका कल डिटेल हेर्दा श्रीमती अर्कैसंग गएको अनुमान गरेका उनले जहाँ जस्तो अवस्थामा भए पनि थाहा मात्र दिए आफू ढुक्क भएर फेरि बिदेश जाने चाहना दलबहादुरले राखेका छन् ।

भिडियो हेर्नुसः

आज कुवेती दिनारसहित केही देशको भाउ बढ्यो (सूचीसहित)

काठमाडौं-आज सोमबार नेपाली बजारमा र कुवेती दिनारसहित केही देशको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ४३ पैसा रहेको छ।त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ।

भने आज बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ८९ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ४८ पैसा रहेको छ। त्यस्तैगरी आज युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १५ पैसा रहेको छ।

आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ८८ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ६७ पैसा रहेको छ। भने कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ७४ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ७२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ तथा बिक्रिदर २८ रुपैयाँ १५ पैसा रहेको छ।

भनेयूरोपियन यूरो एकको खरिददर १ सय २५ रुपैयाँ ५० पैसा तथा बिक्रिदर १ सय २६ रुपैयाँ १६ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २६ पैसा रहेको छ।

Leave a Reply