काठमाडौँ- पछिल्लो समय तनहूँको भानु ९ मा नकुल र अनुपाको बिषयलाई लिएर सामाजिक संजालमा टिका टिप्पणी भएका छन् । करिब १३ बर्ष विदेशी भूमीमा आफ्नो पसिना बगाएर जोडेको सबै सम्पती लिएर श्रीमती अनुपा अधिकारी अर्कैैसंग हिडेपछि नकुलले न्यायका निमित्त गुहार मागेका छन् । दुई नाबालक छोरीहरु समेत लिएर केही महिना देखी अनुपा बेखबर छिन् ।
उनी कुमार कार्कीसंग हिडेको थाहा भएपनि अहिले सम्म कसैको सम्पर्कमा आएकी छैनन् र प्रहरीले समेत उनलाई खोजिरहेको छ । बिहीबार अनुपा अधिकारीले नकुल र परिवारमाथी आरोप लगाउँदै बेलेपछि नकुल झन आक्रोशित भएका छन् । अनुपाले सार्वजनिक गरेको अडियोमा नकुलले अ:श्लिल शब्दले गा’ली गरेको र घरमा बस्ने वातावरण नभएकाले बाध्य भएर अर्कोसंग जानुपरेको बताएकी थिईन् ।
नकुलका छिमेकीले भने अनुपाको कुरा ठाडै अस्विकार गरेका छन् । उनीहरुले अनुपालाई गाली गर्नुका साथै अनुपालाई नकटी समेत भन्न भ्याएका छन् ।
हेर्नुहोस् यो स्थलगत रिपोर्टको भिडियो:
गृहकार्य नगरेको भन्दै शिक्षकले कुट्दा हात भाँचियो
सिरहा। सिरहाको मिर्चैयामा रहेको स्वस्तिक पाठशालामा अध्ययनरत एक विद्यार्थीलाई गृहकार्य नगरेको भन्दै शिक्षकले हात भाँचिदिएका छन्। कक्षा ६ मा अध्ययनरत सिरहा नगरपालिका–२ का १२ वर्षीय रितिक यादवको आज शिक्षकको कु टाईबाट हात भाँचिएको हो। यादवको आजै हातमा प्लास्टर गरिएको छ।
नेपाली विषयको गृहकार्य नगरेको भन्दै शिक्षक तारा कार्कीले कु टपि ट गर्दा हात भाँचिएको विद्यार्थीका अभिभावकले बताएका छन्। यादव ६ वर्षदेखि सोही पाठशालामा पढ्दै आएका थिए। रितिकका काका देवकुमार यादवले गृहकार्य नगरेको नाममा भौतिक आ क्रमण गर्नु अपराध भन्दै दोषीलाई काराबाहीको माग गरे।
शिक्षकको कु टाईबाट विद्यार्थीको हात भाँचिएपछि अभिभावकले प्रहरीमा उजुरी दिएका छन्। सिरहा प्रहरी प्रमुख उमाप्रसाद चुर्तुवेदीले घटनाबारे अभिभावकले जानकारी गराएको बताउँदै यस विषयमा आवश्यक अनुसन्धान थालिएको बताए।
यसअघि रुपन्देहीमा पनि गृहकार्य नगरेको भन्दै १६ पुसमा एक जना विद्यार्थी शिक्षकबाट कु टिएका थिए। रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ मर्चवारमा ज्ञानदीप बोर्डिङ स्कुलमा कक्षा पाँचमा अध्ययनरत मोहम्मद देवान शिक्षकबाट कुटिएका थिए।
कु टपि ट गरेको आरोपमा शिक्षक शैलेन्द्र बराई पक्राउ परेका थिए। बालबालिका सम्बन्धी ऐन–२०७५ मा घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक र मानसिक दण्ड दिने, अनैतिक व्यवहार गर्नेलाई करीब एक वर्ष जेल सजाय र ५० हजार रूपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।